Pranmancha

Advertisment

SKIP THIS

क्यानाेनिङ गर्ने क्रममा चिप्लिएर युवतीकाे मृत्युु

कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ घलेलमा क्यान्योनिङ गर्ने क्रममा लडेर एक युवतीको ज्यान गएकाे छ ।

बुधवार हिजाे क्यान्योनिङ गर्ने क्रममा लडेर पोखरा २६ बुढीबजारकी २२ वर्षीया अन्जिता भण्डारीको ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयाे । क्यान्योनिङ गर्ने क्रममा घाइते भएकी उहाँको पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे हाे ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको छ । पानीकाे अग्लाे छहरामा डाेरीकाे सहायताले तलपट्टी झर्ने याे खेल साहसिक पर्यटकीय खेल अन्तर्गत पर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation