प्यूठानको प्रमुख पर्यटकीय आकर्षक गन्तव्य बन्दै झुलेनी

प्यूठान । पवित्र धार्मिक तथा पर्यककीय स्थल स्वर्गद्वारी रहेको प्युठान जिल्ला आन्तरिक तथा वाह्य पर्यटनको लागि आकर्षण भुगोल मानिन्छ । प्युठानको (दम्ति–वेलुवासम्म करिब ९ किलोमिटर लम्बाई र २ किमि चौडाईमा फैलिएको) मनोरम झिमरुक फाँट, ऐतिहासिक भित्रिकोट, मल्लरानी, गौमुखी, नौबहिनी लगायतका क्षेत्रहरु मुख्य पर्यटकीय गन्तव्य मानिन्छन् । बदलिँदो समय र परिवेशसँगै ओझेलमा परेका अन्य कैयौं अपरिचित गन्तव्यहरुले पनि नयाँ–नयाँ पर्यटकीय नगरीको रुपमा स्थापित भइरहेका छन् । यसरी आगमन भइरहेका पछिल्ला गन्तव्यहरु झुलेनी, ओखरकोट, झाँक्रीढुङ्गा आदी खुबै चर्चामा रहेका आकर्षक क्षेत्रहरु हुन । पछिल्लो दुई बर्ष यता नौबहिनी र प्युठान नगरपालिकाको संगममा पर्ने झुलेनी आन्तरिक पर्यटनको प्रमुख रोजाइमा परेको छ । स्वच्छ प्राकृतिक मनोरम वातावरणमा रहेको झुलेनी खासगरी धनन्जय गोत्रिय भण्डारीहरुको उद्गमस्थल मानिने ऐतिहासिक स्थल मानिन्छ । झुलेनी विभिन्न पर्यावरणिय सुन्दरता र ऐतिहासिक महत्वका कारण एकपटक पुग्नैपर्ने ठाउँको रुपमा स्थापित भएको भएपनि व्यवस्थापन पक्ष अति नै कमजोर रहेको सबैजसो पर्यटकहरु गुनासो गर्छन् । सयौँको सँख्यामा पुग्ने पर्यटकको लागि पिउने पानी, सौचालय र अन्य फोहोर व्यवस्थापनमा अत्यन्तै समस्या रहेको र झुलेनी के कारणले महत्त्वपूर्ण हो भन्ने कुनै जानकारी नहुनु दुखद भएको बरौलाबाट घुम्न आएका पर्यटक असिम केसीले बताए । जुम्लाबाट कालिकोट, रुकुम र रोल्पा हुँदै प्युठान छिरेका ‘धनु–मनु’ नामका पुर्खा सुरुमा झुलेनीमा बसेको र पानीको अभावका कारण लुप्लुङमा बस्न थालेको किंवदन्ती पाइन्छ ।

करोडौँ रकम राज्यकोषबाट परिचालन गरेर पर्यटनका अस्तव्यस्त रुपमा पुर्वाधार निर्माण गर्ने तर बैज्ञानिक कार्ययोजना र व्यवस्थापनको अभावमा पर्यटन विकासको दिर्घकालिन विकास नहुनु नेपालको पर्यटन विकासको गंभिर समस्या हो ।

यो समस्याबाट झुलेनी पनि अछुतो छैन । दिनहँु सयौंको संख्यामा पुग्ने आन्तरिक पर्यटकहरू झुलेनी पुगेपछि खास अन्तरवस्तु नबुझिकनै सेल्फि खिचेर फर्कन विवस छन् । औसतमा दैनिक २ सय पचास आन्तिरक पर्यटक घुम्न पुग्ने सो ठाउँमा फोहोर व्यवस्थापन, पानीको चरम अभाव भएको र झुलेनीको खास अन्तरवस्तुको विषयमा कुनै जानकारी नराखिएको/नभएकोले पवित्र ऐतिहासिक ठाउँमा होहल्ला र केलाहल मात्रै भएको पत्रकार मधुसूदन पोख्रलले बताए । उनले भने ‘अत्यन्तै मनमोहक वातावरणमा रहेको झुलेनी भण्डारीहरुको उदगम स्थलको रुपमा जसरी धनु र मनुको नाम आउँछ सो अनुरुपको शिलालेख वा जानकारी हुन नसक्दा पुस्ताकै अपमान हुनेगरी पिक्निक हब र डेटिङ प्वाइन्टको रुपमा झुलेनीलाई प्रयोग गरिनु दुखपूर्ण भएको छ ।’ जाँडरक्सी खान र होहल्ला गर्न झुलेनी पुग्नुपर्छ भन्ने मान्यता पर्न थालिसकेकोले यस्तो संवेदनशील बिषयमा सरोकारवालाहरुले छिटोभन्दा ध्यानाकर्षण गर्न‘पर्नेमा युवराज भण्डारीले बताए । लुप्लुङ झुलेनी बराहक्षेत्र संरक्षण केन्द्रको संस्थापक अध्यक्ष शोभाराम भण्डारीले कुल तथा अन्य धार्मिक क्षेत्रको विकास गर्नेगरी केन्द्र गठन गरिएको तर आर्थीक अभावमा सोचेजस्तो संरक्षण र विकास गर्न नसकिएको बताए । अहिले पुर्वाधार निर्माणको चरणमा रहेकोले व्यवस्थापनमा थुप्रै समस्या रहेको र क्रमस आर्थीक लगानी गर्दै समस्याको हल हुँदै जाने प्राणमञ्चसँगको कुराकानीमा बताए ।झुलेनी संरक्षण तथा पर्यटन विकास समितिका संयोजक माधब भण्डारी ले पनि झुलेनीमा सोंचेअनुरुपको विकास र प्रबर्द्धन गर्न नसकिएको बताए । उनले भने झझुलेनीको संरक्षण गर्न‘पर्छ भन्ने अभिप्रायबाट हामीले सामान्य छलफल गरि कामको थालनी गर्याैँ । छोटो समयमा जिल्लाबासी सबैको प्रमुख रोझाइको गन्तव्य पनि बन्यो तर आर्थीक अभावमा व्यवस्थित ढंगले डिपिआर समेत गर्न सकिरहेका छैनौं, यसपालि कतैबाट पनि बजेट विनियोजन भएको छैन, कतैबाट आर्थीक विनियोजन हुनेबित्तिकै डिपिआर गरि अगाडि बढ्ने योजना बनाएका छौँ । स्मरणीय र रोचक विषय त यो छ कि कुनैपनि विकास निर्माणको प्रक्रिया विस्तृत निर्माण परियोजना (डिपिआर)अनिवार्य सर्त हो तर डिपिआर बिना नै यहाँ राज्यकोषबाट झन्डै एक करोड रुपैयाँ खर्च गरिएको छ । स्रोतका अनुसार झुलेनी पर्यटन विकासका लागि नौबहिनी गाउँपालिकाबाट आ.ब.२०७५/०७६ मा ५ लाख, पर्यटन बोर्डबाट १० लाख, प्युठान नगरपालिकाबाट ३ लाख, जिल्ला वन कार्यालय प्युठानबाट आ.व. २०७६/२०७७र ४८ लाख रकम विनियोजन भएको छ । थप रकम आएको खण्डमा विस्तृत परियोजना बनाउने सहि शिवपुरी धुरीमा रक गार्डेन बनाउने माधब भण्डारीले बताए । विस्तृत योजना विना नै लाखौँ रकम खर्चिएको झुलेनीमा धनु र मनुको नाममा खास अन्तरवस्तुको कुनै झल्को नगराई झुलेनीमा करोडौं खर्चिनुको कुनै औचित्य नभएको र धनन्जय गोत्रिय भण्डारीको उद्गम थलोको रुपमा परिचित लुप्लुङ चुनढुङगा खानीको अबैध उत्खननले थिलोथिलो परिरहेको अवस्थामा सिङगो गाउँको विषयमा कसैलाई चिन्ता नरहेको प्रति बौद्विक व्यक्तित्वहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation