चौरासी पुजाको स्मरणमा मल्लद्वारा विद्यालयलाई एक लाख सहयोग

पार्वता न्यौपाने, प्यूठान

गौमुखी माध्यमिक विद्यालय ठुलाबेसीको बिहिवार ३० औं वार्षिक उत्सव समारोह सम्पन्न भएको छ । उक्त समारोहको अवसरमा गौमुखी गाउँपालिका वडा नं. ५ खुङ निवासी कानुन व्यवसायी विदुर मल्लका पिता समाजसेवी रिम बहादुर मल्लले आफ्नो चौरासी पुजाको स्मरणमा १ लाख २ हजार २ सय ८५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । आफु जीवनको उत्तरार्धमा पुगेको भएपनि आउँदा पुस्ताले गुणस्तरिय र सर्वशुलभ शिक्षा हासिल गर्न पाउन भन्ने उदेश्यले सो रकम विद्यालयलाई हस्तान्तरण गरिएको बताए । अक्षकोषको रकम बुझ्दै विद्यालयका प्रधानाध्यापक अर्जुन केसीले समाजसेवी रिमबहादुरले विगतदेखि नै विद्यालयका हरेक अप्ठ्यारा र कठिन परिरिुथतीमा निरन्तर सहयोग गरिरहेको चर्चा गर्दै समग्र शैक्षिक गुणस्तर विकासका लागि सबै सहयोगि मनहरु एकजुट हननुपर्ने बतााए । उता गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले पनि पूर्व विद्यार्थी अक्षयकोष स्थापनाको लागि रू १० हजार सहयोग गर्ने उद्घोष गरेका छन् । कार्यक्रमको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप एवम् २०७६ सालको वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई विभिन्न शीर्षकमा स्थापित अक्षयकोषको रकमबाट पुरष्कृत समेत गरिएको छ ।

ठुलाबेसीमा उच्च शिक्षाको लागि क्याम्पस अनिवार्यः विष्णु कुमार गिरी

सो समारोहमा बोल्दै गौमुखी गाउँपालीका अध्यक्ष विष्णु गिरीले उच्च शिक्षाको लागि बाहिर जानुपर्ने समस्या समाधानका लागि गौमुखी गाउँपालिका भित्र क्याम्पस अनिवार्य आवश्यक रहेको भन्दै आफु सबै प्रकारको सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा बोल्दै गिरीले शिक्षा क्षेत्र राम्रो नबन्दासम्म समाज राम्रो बन्न नसक्ने भन्दै शिक्षा क्षेत्र सुधारको लागि सहयोग गर्न सबैलाई अनुरोध गरे । विद्यालयमा ‘पूर्व विद्यार्थी अक्षयकोष’ स्थापना गर्नुपर्ने भन्दै आफू त्यसको लागि पहल गर्न तयार रहेको अध्यक्ष गिरीले बताए ।विद्यालयका पूर्व प्रधानाध्यापक खिमानन्द पुरी, गौमुखी गापा ५ नं. वडाका अध्यक्ष हुम बहादुर केसी, शिक्षक अभिभावक संघका अध्यक्ष रेगम पुरी, युवा समाजसेवी बरुणध्वज मल्ल लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष एवम् जग्गादाता लालुराम जैसी लगायतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै व्यवसायी एवं समाजसेवी ज्ञामुराम न्यौपानेले शिक्षा क्षेत्रमा राज्यले प्राप्त लगानी गर्न नसकेकाले शिक्षा क्षेत्र पछि परेको उल्लेख गर्दै गौमुखी गाउँपालिका अन्तर्गतको शिक्षा शाखामा कमजोर जनशक्ति व्यवस्थापनका कारण दीर्घकालीन शैक्षिक योजना बन्न नसक्दा विद्यालय शिक्षामा क्षति भैरहेको बताए । “भर्खरै गौमुखी गाउँपालिकाबाट पारित शिक्षा ऎनमा विद्यालय र व्यवस्थापन समितिको अधिकार कटौती गरिएको छ । यसलाई सच्चाइनु पर्छ ।” न्यौपानेले भने । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुक बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वार्षिक शैक्षिक एवम् प्रगति प्रतिवेदन प्रधानाध्यापक अर्जुन बहादुर केसीले राखेका थिए । कार्यक्रमको सञ्चालन लोकेन्द्र जिसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation