मृत्यु हुनेमा ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार मृतकमध्ये चारजना महिला र तीनजना पुरुष रहेका छन् ।
यस्तै दुर्घटनामा परी १७ जना घाइते भएका छन् । उनीहरुको हेटौँडाको चुरेहिल र हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
काठमाडौंबाट भारतको महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस आफै अनियन्त्रित भई चुरियामाईभन्दा अन्दाजी एकसय मिटर दक्षिणमा बाटोबाट दश पन्ध्र मिटर तल खोलामा खसेको थियो ।बसमा २७ जना यात्रु रहेको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी क्षेत्रीले जानकारी दिए । बसका चालक भने फरार रहेको र उनको खोजीकार्य भइरहेको डिएसपी क्षेत्रीले बताए ।