कम्युनिस्ट आन्दोलनमा साँस्कृतिक रुपान्तरणको प्रश्न

मोहन विक्रम एण्ड कम्पनीले यो भ्रष्ट व्यवस्थालाई अग्रमोर्चामा उभिएर जोगाउनुपर्ने कुरामा जोड दिन्छ । चुनावमा प्रतिक्रियावादी पार्टीहरुसँग गठबन्धन गरेर चुनाव लड्छ । संसदीय सुविधाको चुत्था स्वार्थहरुमा ¥याल चुहाउँछ । त्यसैले उफ्रेर क्रान्ति र वर्ग संघर्षको डिग हाँक्छ । यो कम्पनीको तुलनामा एमाले, माओवादी, एकीकृत समाजवादीहरु इमान्दार छन् । उनीहरुले कमसेकम जे गर्न सकिन्छ यही व्यवस्थामा गर्ने हो अरु गर्न सकिदैन भन्छन् । क्रान्तिको डिग हाँक्दैनन् । यो आलोचनाबाट हेर्दा मोहन विक्रम एण्ड कम्पनी सरकारी कम्युनिस्टहरुमा सबैभन्दा ठग कम्पनी हो । यो पछिल्लो घडिमा पतन भएको कम्पनी हो । 
कम्युनिस्ट आन्दोलनलाई ठिक दिशामा अगाडि बढाउने र क्रान्तिको प्रक्रियालाई सम्पन्न गर्ने प्रश्नमा कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुमा माक्र्सवादी लेनिनवादी विश्व दृष्टिकोणको निर्माण र साँस्कृतिक  रुपान्तरणको प्रश्नले आधारभूत, निर्णायक र महत्वपूर्ण स्थान राख्दै आएको देखिन्छ । माक्र्सवादी लेनिनवादी सिद्धान्तको आधारमा क्रान्ति सम्पन्न भएका विश्वका कैयन देशका कम्युनिस्ट पार्टीहरुमा समेत यो समस्या गम्भीर रुपमा अगाडि आयो । त्यसैको परिणाम नै प्रतिक्रान्तिका आधारहरु निर्माण भएका थिए । पूर्वी युरोपको एउटा मुलुक अल्वानियामा द्वितीय विश्व युद्ध (१९३९–१९४५) पश्चात् समाजवादी सत्ताको स्थापना भएको थियो । अल्वानियाको कम्युनिस्ट आन्दोलनका नेता अनवर होक््जा र मेहवत सेंहु थिए ।
सन् १९५६ मा सोभियत संघको कम्युनिस्ट पार्टीले दक्षिणपन्थी संशोधनवादी बाटो समातेको थियो । सो पार्टीले निकिता ख्रुश्चेवको नेतृत्वमा क. स्टालिनलाई अत्यन्त गम्भीर ढंगले अमानवीयकरण गरिएको थियो । त्यसकारण माक्र्सवादी लेनिनवादी सिद्धान्त र क्रान्तिको नियमलाई लिएर कमरेड माओत्सेतुङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टी र ख्रुश्चेव नेतृत्वको तत्कालीन सोभियत संघको पार्टीको बीचमा महान बहसको सुत्रपात भयो । त्यतिबेला चीनको तुलनामा सोभियत संघ धनी र शक्तिशाली थियो । विश्वका अधिकांश कम्युनिस्ट पार्टीहरुले सोभियत संशोधनवादी धारलाई समर्थन गरेका थिए ।
कमरेड फिडेल क्यास्त्रो नेतृत्वको क्युवाको कम्युनिस्ट पार्टी समेत सोभियतको समर्थनमा गयो भने कमरेड होचि मिन्हले नेतृत्व गरेको भियतनामको कम्युनिस्ट पार्टी तटस्थ बस्यो । तर अनवर होक््जा र मेहमत सेंहुले नेतृत्व गरेको अल्वानियाको कम्युनिस्ट पार्टीले कमरेड माओत्सेतुङले नेतृत्व गरेको चिनियाँ कम्युनिस्ट पार्टीले सोभियत संशोधनवादको विरुद्धमा उठाएको लाल झण्डालाई समर्थन गरेको थियो ।
सन् १९६० को पहिलो दशकमा चीनको कम्युनिस्ट पार्टी र अल्वानियाको कम्युनिस्ट पार्टीले सोभियत संशोधनवादका विरुद्धमा संयुक्त रुपमा महान सैद्धान्तिक संघर्ष चलाएका थिए । दिनहरू बित्दै गए । चिनियाँ कम्युनिस्ट पार्टी र अल्वानियाको कम्युनिस्ट पार्टीमा केही सामान्य मतभेदहरु थिए । ती मतभेदहरु त्यति अस्वभाविक देखिंदैनथे ।
सन् १९७६ मा माओको निधनपछि अनवर होक््जा नेतृत्वको अल्वानियाको कम्युनिस्ट पार्टीले कमरेड माओलाई विकासवादी र गैर क्रान्तिकारी करार गर्न पुग्यो । सन् १९९२ मा अल्वानियामा प्रतिक्रान्ति भयो । लेनिन र अनवर होक््जाका शालिकहरु तोडभोड भए । डा. साली बोडिसाको नेतृत्वमा गैर कम्युनिस्ट सरकार बन्यो । संशोधनवादका विरुद्धमा संघर्षको इतिहास बोकेको र समाजवादी व्यवस्था निर्माणको अभ्यास गरेको त्यो देश डिसेम्बर १९९२ मा युरोपको पहिलो इस्लामिक राष्ट्रको रुपमा परिचय बोकेर अगाडि आयो । कहाँको माक्र्सवादी लेनिनवादी राष्ट्र कहाँको इस्लामिक राष्ट्र ? माक्र्सवादी लेनिनवादी दृष्टिकोण र साँस्कृतिक रुपान्तरणको आलोकमा हेर्दा इतिहासको यो घटना एउटा आश्चर्यजनक घटना हो ।
अल्वानियामा कम्युनिस्ट व्यवस्था स्थापना भयो । एउटा समयमा अल्वानियाको कम्युनिस्ट पार्टी संशोधनवादका विरुद्धमा लड्यो तर घटनाक्रमले माक्र्सवादी लेनिनवादी विश्व दृष्टिकोणको निर्माण र साँस्कृतिक रुपान्तरणको प्रश्नमा काम हुन सकेन । त्यसैको स्वभाविक परिणाम नै अल्वानियाको कम्युनिस्ट पार्टी र त्यहाँका जनता इस्लामिक कट्टरताबाट माथि उठ्न सकेनन् । भारतको पश्चिम बंगालमा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) ले ३५ वर्षसम्म राज्य सरकारको नेतृत्व ग¥यो तर त्यहाँ पनि भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) ले साँस्कृतिक रुपान्तरण र मालेवादी विश्व दृष्टिकोणको निर्माणमा पार्टीको तलदेखि माथिसम्म व्यवस्थित ढंगले प्रशिक्षणात्मक र व्यवहारिक काम हुन सकेन ।
 पार्टीले संसदीय निर्वाचनलाई रणनीतिक प्रश्न जस्तो बनायो । चुनाव जित्नका लागि भाकपा (माक्र्सवादी) ले पश्चिम बंगालको मुस्लिम घनाबस्ती भएका इलाकाहरुमा मस्जित निर्माणका लागि समेत बजेट विनियोजन ग¥यो । सन् १९०५ मा सिंगुर र नन्दीग्राममा बहुराष्ट्रिय कम्पनीहरुले किसानहरुको जग्गा कब्जा गरेर कम्पनी स्थापना गर्न थाले । आदर्शवादी किसानहरु बहुराष्ट्रिय कम्पनीका विरुद्धमा सडकमा आगो बनेर ओर्ले । माक्र्सवादी राज्य सरकार किसानहरुका विरुद्धमा दमनक्रममा उत्रियो । भाकपा (माक्र्सवादी) का केही कार्यकर्ताहरु पुलिसको बर्दि भिरेर आदिवासी किसानहरुको न्यायपूर्ण आन्दोलन दबाउन सडकमा गएको खबर समेत भारतीय मिडियाभर सम्प्रेषण भएका थिए । ममता बनर्जीको त्रिमूल कांग्रेसले पश्चिम बंगालको माक्र्सवादी पाटीको जनमत बढार्दै गयो ।
इतिहासको मजाक त यहाँ भयो कि माक्र्सवादी पार्टीको कैयन विधायकहरु भटाभट भारतीय जनता पार्टीमा प्रवेश गरे । कहाँको माक्र्सवाद, कहाँको कट्टर हिन्दुवादी पार्टी भारतीय जनता पार्टी ? यो सामान्य दार्शनिक गरिबी होइन । क्युवा, इन्डोनेसिया र पाकिस्तान लगायत विश्वका कैयन कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुमा माक्र्सवादी लेनिनवादी विश्व दृष्टिकोणको निर्माणमा साँस्कृतिक रुपान्तरण र तदनुरुपको व्यवहारमा धेरै समस्याहरु पैदा भए । कुरा माक्र्सवादको गर्ने तर व्यवहार पँुुजीवादी दर्शन अनुरुप गर्ने कार्यको जगमा नै डरलाग्दा प्रतिक्रान्तिका घटनाहरु घटेका थिए । 
चीनमा सन् १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । १९५४ बाट चीन समाजवादी संक्रमणको दिशामा अगाडि बढ्यो । पार्टीमा वर्ग संघर्ष कि उत्पादन संघर्ष ? भन्ने प्रश्नलाई लिएर पार्टीभित्र अन्तरविरोध सुरु भयो । त्यस सिलसिलामा कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुको साँस्कृतिक रुपान्तरणको प्रश्नलाई लिएर गम्भीर बहसको सुत्रपात भयो । चिनियाँ कम्युनिस्ट पार्टीका नेता ल्यु शाओचीले पार्टीका नेताहरुको घरमा नोकर राख्न पाउनुपर्ने, पार्टीका महिलाहरु सुनका गहना लगाएर हिड्न पाउनुपर्ने प्रश्ताव राखेका थिए । क्रान्तिकारीहरुले त्यसको आलोचना गरे । चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुमा पुराना सडेगलेका विचार, पूँजीवादी मूल्य मान्यताहरु, आदर्शवादी चिन्तनप्रणाली, कन्फ्युसियसवादी विचारको प्रभाव हराएनन् । जसको परिणाम क. माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीलाई समाजवादी साहित्य, कला र संस्कृतिको स्थापना गर्ने प्रश्नमा गम्भीर समस्याहरु पैदा भए ।
पार्टीका अर्का दक्षिणपन्थी नेता देङ स्याओपङिले वर्ग संघर्ष र उत्पादन संघर्षलाई एकसाथ अगाडि बढाउन पर्ने क. माओको राजनीतिक लाइनमा विमति राख्दै उत्पादन संघर्षमा मात्र जोड दिनुपर्ने विचार राखे । त्यस विषयमा उनको कालो र सेतो बिरालोको सिद्धान्त विश्व प्रख्यात छ । मुसा मार्ने काम मुख्य हो । बिरालो कालो हुनु र सेतो हुनुले केही फरक पार्दैन । चीनको विकास गर्ने कुरा मुख्य हो । त्यो विकास पूँजीवादबाट गर्ने कि समाजवादबाट भन्ने कुरा मुख्य होइन । यस्ता प्रकारका पूँजीवादी राजनीतिक र साँस्कृतिक विचारधाराका विरुद्धमा कम्युनिस्ट क्रान्ति भइसकेको मुलुक चीनमा महान सर्वहारा साँस्कृतिक क्रान्तिको झण्डा उठाउन परेको थियो । अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पूँजीवादी चिन्तन प्रणालीको प्रचुरता र साँस्कृतिक रुपान्तरणको अभाव ठुलो समस्याको रुपमा रहँदै आएका छन् ।
पूँजीवादी सत्ता राजनीतिमा रुमलिएको नेपालको कम्युनिस्ट आन्दोलन आर्थिक, राजनीतिक र साँस्कृतिक रुपमा गम्भीर ढंगले भ्रष्ट र मूल्य विघटनको सिकार भएको छ । नेपालका सरकारी कम्युनिस्ट र प्रतिक्रियावादीहरुको आचार, विचार, दृष्टिकोण र चरित्रमा आधारभूत अन्तर देखिँदैन । गठबन्धन गरेर मिलेर चुनाव लड्छन् । मिलेर सरकार चलाउँछन्, मिलेर भ्रष्टाचार गर्छन् र मिलेरै कमिशन खान्छन् । पूूँजीवादी प्रतिक्रियावादी पार्टीहरु वर्तमान व्यवस्थाका धारक, संरक्षक, परिचालक र वाहक हुन् । तिनीहरुबाट समाज परिवर्तनको आशा गर्न सकिन्न । तिनीहरुले यही संसदीय पूँजीवादी व्यवस्थालाई नै राज्य संचालनको अन्तिम सत्य मान्छन् । त्यो स्वभाविक हो । तर, सरकारी कम्युनिस्टहरुले एकातिर नेपालमा राजनीतिक क्रान्तिको समापन भएको घोषणा गर्दछन् ।
पूँजीवदीहरुले जस्तै आर्थिक, साँस्कृतिक र राजनीतिक आचरण र व्यवहार प्रदर्शन गर्दछन् । मोहन विक्रम एण्ड कम्पनीले यो भ्रष्ट व्यवस्थालाई अग्रमोर्चामा उभिएर जोगाउनुपर्ने कुरामा जोड दिन्छ । चुनावमा प्रतिक्रियावादी पार्टीहरुसँग गठबन्धन गरेर चुनाव लड्छ । संसदीय सुविधाको चुत्था स्वार्थहरुमा ¥याल चुहाउँछ । त्यसैले उफ्रेर क्रान्ति र वर्ग संघर्षको डिग हाँक्छ । यो कम्पनीको तुलनामा एमाले, माओवादी, एकीकृत समाजवादीहरु इमान्दार छन् । उनीहरुले कमसेकम जे गर्न सकिन्छ यही व्यवस्थामा गर्ने हो अरु गर्न सकिदैन भन्छन् । क्रान्तिको डिग हाँक्दैनन् । यो आलोचनाबाट हेर्दा मोहन विक्रम एण्ड कम्पनी सरकारी कम्युनिस्टहरुमा सबैभन्दा ठग कम्पनी हो । यो पछिल्लो घडिमा पतन भएको कम्पनी हो ।
आजको समाज व्यवस्थाको परिवर्तन यो जनविरोधी र प्रतिक्रियावादी व्यवस्थाको चिहानमा मात्र सम्भव छ । त्यसका लागि हामीले सर्वप्रथम विचार, व्यवहार र आचरणको प्रश्नमा माक्र्सवादी लेनिनवादी सिद्धान्तको मार्ग अवलम्वन गर्न जरुरी छ । समग्रमा यही नै साँस्कृतिक रुपान्तरण हो । साँस्कृतिक रुपान्तरण नभएका नेता तथा कार्यकर्ताहरु जतिसुकै सशस्त्र मानसिकताका भएपनि त्यस्तो पार्टीबाट क्रान्तिको अभिभारा पूरा हुन सक्दैन ।
साँस्कृतिक रुपान्तर नभएका नेता तथा कार्यकर्ताहरुले भरिएको पार्टीबाट कम्युनिस्ट क्रान्तिले ल्याएका उपलब्धीहरुको रक्षा हुन पनि सक्दैन । त्यसकारण एउटा सच्चा माक्र्सवादी लेनिनवादी कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु सर्वप्रथम साँस्कृतिक रुपान्तरण हुनुपर्छ । साँस्कृतिक रुपान्तरण भएका नेता कार्यकर्ताहरुको पार्टीले मात्र वर्गसंघर्षलाई ठिक दिशामा अगाडि बढाउन सक्छ ।
 वर्गसंघर्षले ठीक दिशा समात्यो भने मात्र वर्ग संघर्षले प्रतिरोध संघर्षको रुपमा विकास गर्छ र क्रान्तिको मार्ग प्रशस्त हुन्छ । त्यसकारण साँस्कृतिक रुपान्तरण क्रान्तिको लागि प्रथम विषय हो । नेपालमा चलेको माओवादी जनयुद्धले प्रथमतः राष्ट्रिय अन्तराष्ट्रिय वस्तुस्थिति र परिस्थितिको ठोस मूल्याङ्कन नगरिकन हतियार उठायो । नेता कार्यकर्तामा सैद्धान्तिक चेत र साँस्कृतिक रुपान्तरण समस्याकै रुपमा रह्यो । कतिपय घटनामा वर्ग संघर्ष एउटा इगो संघर्षको रुपमा देखाप¥यो । जसको परिणाम वर्ग संघर्ष ठिक दिशामा बड्नुको सट्टा भड्कावमा फस्न पुग्यो । त्यसैले सशस्त्र संघर्ष प्रतिरोध संघर्षमा विकास भइसक्दा पनि जनयुद्धले सेटव्याक खानप¥यो । अधिकांश माओवादी नेता कार्यकर्ता साँस्कृतिक धरातल कति कमजोर रहेछ भन्ने कुरा आजका माओवादी नेता कार्यकर्ताको आचार, विचार, संस्कार संस्कृति र व्यवहारले प्रष्ट पार्दछ । यसको अर्थ जनयुद्धमा सामेल सबै नेता तथा कार्यकर्ताहरु सबै एकै ड्याङका मुला हुन भन्ने होइन । माओवादी जनयुद्धको शिविरभित्र तल्लो तहमा साँस्कृतिक रुपान्तरण, वर्ग संघर्ष र क्रान्तिप्रति चिन्ता गर्ने एउटा पङ्ती छ । त्यही नै साँस्कृतिक रुपान्तरण सहितको भावी नेपाली कम्युुनिस्ट आन्दोलनको आशाको केन्द्र हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation