


प्यूठानसहित राष्ट्रिय जनमोर्चाले देशब्यापी रुपमा एमसिसी विरुद्ध प्रदर्शन तथा बिरोध सभा सम्पन्न गरेको छ । जनमाेर्चाले प्युठान, अर्घाखाँची, दाङ, बागलुङ, काठमाडौं, नबलपरासी, रुपन्देही, गुल्मी, दैलेख, कन्चनपुर, चितवन लगायत अन्य जिल्लारुमा बिरोध सभाहरु सम्पन्न गरेकाे हाे ।
प्यूठानमा आयोजित एमसीसीको विरोध कार्यक्रममा झिमरुक ३ का ८५ वर्षिय डण्डबहादुर खत्री सडकमा आएर बिरोध गरेका छन् । संघीयता र एमसीसी नेपालको लागि घातक भएको उनले बताएका छन् । संघीयता र एमसीसी खारेज नभएसम्म नेपालले कहिल्यै प्रगति गर्न नसक्ने ८५ वर्षिय डण्डबहादुर खत्रीको भनाइ छ ।
सदरमुकाम खलंगामा भएको विराेध प्रदर्शनमा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्का, लुम्बिनी प्रदेश अध्यक्ष तिलक जिसी, प्यूठान जिल्ला अध्यक्ष ज्ञामुराम न्याैपाने लगायतले मुलुकमा अमेरिकी साम्राज्यवादका दलालहरुले हुबहु एमसिसी परियाेजना सम्झौता गरि कार्यान्वयनमा लैजाने कुचेष्टाले अमेरिकी चलखेलले देश गृहयुद्धमा जाने भएकोले यसकाे खारेजीको विकल्प नभएको बताए । कृष्ण खड्काले यतिबिघ्न सजिलोसँग अमेरिका नेपाकाे सदनबाटै घुस्नु भनेकाे नेपाली शाषकहरुकाे हद दर्जाकाे लाचारीकाे पराकाष्ठा भएको बताए । उनले सार्वभौम देशका नागरिक सबै एकजुट भएमा शासककाे लम्पसारवादी चरित्र र अमेरिकी दादागिरीलाई पराजित गर्न सकिने बताए ।
त्यस्तै तिलक जिसीले अमेरिका चीन विरुद्धको ठुलाे षड्यन्त्रको पाेकाे बाेकेर नेपालमा घुसपैठ गरेकाे र उसले नेपाललाई रणमैदान बनाउने भएकोले एमसिसी खारेजी अनिवार्य रहेकाे बताए । राष्ट्रिय जनमाेर्चाले हरेक राष्ट्रहित विरुद्धका सन्धि सम्झौताकाे डटेर विरोध गरिरहेकाे स्मरण गराउँदै स्वाभिमान नेपाली जनताकाे व्यापक विराेध र भण्डाफाेरले याे देशघाती सम्झौता खारेज गर्न सकिने बताए ।
जिल्ला अध्यक्ष ज्ञामुराम न्याैपानेले सबै नेपाली जनता एकजुट भएर एमसिसी विरुद्ध गाउँ-गाउँ र शहरबाट संङ्घर्षमा जुट्न ढिलाइ नगर्न अपिल गरे । अमेरिका पसेका हरेक देश युद्धको रणमैदानमा परिणत भएका ताजा उदाहरण हुँदाहुँदै पनि त्यसकाे सचेतनामा नेपालका शासकहरु जानाजान चुकेकाे ज्ञामुरामले बताए । उनले राष्ट्रहित विरुद्धमा हुने हरेकखाले सन्धि/सम्झौता र षड्यन्त्र राष्ट्रिय जनमाेर्चालाई सह्य नहुने बताए ।
बुटवलमा आयोजित कोणसभामा बोल्दै राष्ट्रिय जनमाेर्चाका नेता बद्रे आलमले एमसीसी नेपाल र नेपालीको हितमा नभएको बताए । अमेरिकी साम्राज्यबादले विकासको नाममा नेपाली भूमि प्रयोग गरी चीनविरुद्व गतिविधि सञ्चालन गर्न ल्याएको एमसीसी नेपालको हितविपरित भएको दावी गरे ।
एमसीसी परियोजनाले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामाथि गम्भीर खतरा रहेकाले एमसीसी खारेजीका लागि देशभक्त नेपाली एकतावद्व हुन नेता आलमले सबैलाई आग्रह गरेका छन् ।
एमसीसीका कारण नेपालमा विदेशी हस्तक्षेप बढेको बताउंदै विकासको नाममा नेपाली जनतालाई भ्रममा पारेर लागु गर्न खोजिएको बताउंदे उनले भने – एमसीसीले विकास होइन विनास गर्छ, नेपाललाई डुबाउं छ ।
नेकपा मसाल रुपन्देहीका प्रवक्ता लालचन पन्तले एमसीसी अमेरिकाको सहयोग नभइ लगानी भएकाले खारेज गर्नुको विकल्प नभएको बताए ।
संसारका जुनसुकै देशले नेपाललाई आर्थिक सहयोग गरे सहज रुपमा ग्रहण गर्नुपर्ने र नेपालको हित विपरित कुनैपनि देशको लगानी ल्याउन नहुने उहांको तर्क छ ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीले कोशी, गण्डकी सम्झौता, महाकाली सन्धि बहुसंख्यक नेपालीले बिरोध गर्दागर्दै पास गरिंदा अहिले धोक्का भएको बताउंदै एमसीसी पनि नेपालको लागि धोक्का हुने बताए । सर्तसहितको एमसीसी र संघीयता नेपालको हितमा नभएको उनको भनाइ छ ।
राष्ट्रिय जनमोर्चाका युवा नेता गोपाल बञ्जाडेले संसदबाट एमसीसी पास गराउने र लागु गराउन पहल गर्ने सांसद, मन्त्री र नेताहरुलार्ई सामामाजिक बहिष्कार गर्नुपर्ने चेतावनी दिए । हिजो संघीयता ल्याउंदा देशको लागि धोक्का भएको र एमसीसीले पनि धोक्का हुने बताउंदै हतारमा गल्ती गरेर फुर्सदमा पछुताउने काम नर्गन आग्रह गरेका छन् ।
एमसीसी लागुभए आउने दिनमा नेपाली जनताले अमेरिकी र चिनिया सेनाको बम बारुदको सामना गर्नुपर्ने बताउँदै एमसीसी र संघीयता खारेजीका लागि अब सडकबाट आन्दोलन गर्ने चेतावनी दिए ।