बाल दिवसको अवसरमा रमना पाठशालामा नृत्य प्रतियोगिता

घाेराही उपमहानगरपालिका १२ रमना अवस्थित रमना पाठशालाले ५९ अाैँ बालदिवसकाे अवसरमा विद्यालयमा विविध कार्यक्रम सम्पन्न गरेकाे छ । हिन्दु नारीहरुकाे महान पर्व तिज हरितालिका पूर्वसन्ध्यामा परेकाे यसपालिको बालदिवससँगै विद्यालयले तिज मिलन कार्यक्रम पनि मनाएकाे छ । बालदिवस तथा तिज मिलन कार्यक्रमकाे अवसरमा विविध सांगीतिक एवम् साँस्कृतिक प्रस्तुति गरिएको हाे ।

रमना पाठशालाले साे अवसरमा तिज नृत्य प्रतियोगिता सम्पन्न गरेकाे जनाएको छ । स्थानीय माैलिक कला र संस्कृतिकाे जगेर्ना गर्दै तिजमा देखिएको भड्किलो प्रवृत्तिलाई निरुत्साहित गर्ने सन्देश पैदा गर्दै आफ्नो गक्षताअनुरुप पर्वलाई आत्मसाथ गर्न साे कार्यक्रम आयाेजना गरिएको विद्यालयका प्रधानाध्यापक बिष्णु हमालले बताए ।

उनले हरेक नेपालीले चारपर्वलाई भड्किलो मुक्त बनाउन जाेड दिँदै आफ्ना बालबालिकालाई पर्वका उत्सबका ऐतिहासिक घटनाक्रमकाे असल जानकारी दिन सकेकाे खण्डमा उनीहरुप्रति असल शिक्षा प्रवाह गर्न सकिने बताए ।


नृत्य प्रतियोगितामा पूर्व प्राथमिक तहमा पहिलाे, दाेस्राे र तेस्राे क्रमशः संस्कृति न्याैपाने, समिक्षा नेपाली र विनिषा गुरुङ भएका छन् भने कक्षा १ देखि ४ सम्मकाे प्रतियोगितामा प्रथम द्वितीय, तृतीय र सान्त्वना क्रमशः रिना बुढा, कविता बिक, कामना पुन र इच्छा आचार्य भएका छन् । त्यस्तै सिनियर डान्स (५-१०सम्म) नृत्य प्रतियोगितामा अनुसन्धान अन्जु राेका प्रथम, आकृति वली द्वितीय र तृतीय अनिता विश्वकर्मा भएका छन् । सबै विजेता तहका विजेताहरुलाई अतिथि तथा विद्यालय प्रशासनले मेडलसिहित सम्मान गरेकाे थियाे ।

विद्यालयका प्रधानाध्यापक बिष्णु हमालकाे अध्यक्षमा भएको कार्यक्रमकाे सहजिकरण विद्यालकी शिक्षिका शर्मिला हमालले गरेकी थिइन् ।
साेही कार्यक्रमकाे अवसरमा शिक्षक, विद्यार्थी तथा अभिभावककाे व्यापक उपस्थितिमा दर खाने कार्यक्रम पनि सम्पन्न गरिएकाे विद्यालय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation