सुकुम्बासीकै छाप्रोमा आगो दन्काउँछ ओली सरकार

झापा, ट्रान्सपरेन्सी इन्टरनेश्नलले भर्खरै सार्वजनिक गरेको एक प्रतिवेदनमा नेपाल सरकार निमुखा तथा उत्पीडित जनसमुदायमाथी निर्मम दमन र थिचोमिचो गरेकोले यो सरकार गरिब तथा सर्वहारा बर्गको भलो नचाहने ठहर गर्दै त्यस्ता गतिविधि तत्काल सुधार गर्न सुझाब पनि दिएको छ । तर ओली सरकार भने सुकुम्वासीहरुलाई गंभिर अपमान गर्दै बेचल्लीमा पारिहाल्छ । एसको पछिल्लो उदाहरण दमकस्थितको सुकुम्बासी बस्ती परेको छ । यो नगर प्रधानमन्त्री केपी ओलीको गृहनगर पनि हो। ओलीका नातेदार पर्ने दमक जगरपालिकाका मेयरले उनकै गृहनगरका सुकुम्बासीको भएको घर पनि भत्काएर कोही भोको रा नाङगो रहने छैन भन्ने उखाने प्रतिबद्धताको धज्जी उडाएको छ । उक्त टोलकी पञ्चमुखी टोलकी धनमाया विश्वकर्माको सुकुम्बासी बस्तीमा रहेको छाप्रोमा नगरपालिकाले डोजर चलायो । डोजरले उनीहरूको परिवार मात्र चिल्लबिल्ल बनाएन, नगरपालिकाले लुगाफाटा र पकाउने सबै सामग्री लगिदियो । ‘भएको सबै लगिदियो । त्यसैले त आकाशलाई छानो बनाएर सुतेको छु बिहीबार उनको परिवार हाँसीखुसी सुतेको थियो ।

शुक्रबार बिहान दमक नगरपालिकाको डोजरले घर भत्काइदिएपछि उनी घरविहीन छिन् । सुकुम्बासी बस्तीमा घर बनाएर बसेको २० वर्षपछि उनी सडकमा आइपुगिन्  शनिबार राति सुत्ने तरखरमा थिइन्  तर उनका लागि ओत लाग्ने छानो आकाश र सुत्नका लागि धरतीको डसना थियो । यसरी खुला आकाश उनको वासस्थान बनेको दुई दिन भयो । खाना खाने वेलामा आएको सयौँको संख्याको प्रहरीसहितको डोजरले खान खान नदिई धमाधम घर भत्कायो । अन्नपात पनि नगरपालिकाले लगिदिएपछि उनीहरू साँझ–बिहान कसरी छाक टार्ने भन्ने समस्यामा छन् । ‘कसैले त्रिपाल दिए पनि त्यहीँ सुत्थ्यौँ,’ पीडित बलबहादुर भन्छन्, ‘खानालाई एक गेडो चामल छैन । अहिलेसम्म त छिमेकीले दिएका छन् । उनीहरूले पनि सधैँ त दिन सक्दैनन् ।’
म्याट ओच्छ्एर निदाउन कोसिस गरिरहेकी धनमायाको पेट भोकै हँुदा निद्रा पर्न गाह्रो भयो । आफु पनि मुटुरोगको दिर्घ रोगी भएकी धनमायाका गतवर्ष श्रीमान् बितेपछि परिवार चलाउने जिम्मा उनकै काँधमा छ । केही समयअघि मात्र शल्यक्रिया गरेकी उनको चिकित्सकका अनुसार ‘आराम’को समय हो । तर, बस्ने आधार नै दमक नगरपालिकाले उठाइदियो । घर भत्काएर टिन र भाटा छरपस्ट छन् । धनमाया शनिबार दिनभर टोलाइन् । उनको दिमागमा एउटै प्रश्न छ– अब के गर्ने ? घरमा रहेका दराज, खाट सबै फालिदिएका छन्, सुरक्षाकर्मीले । ‘विधुवा भत्ता थापेको आठ हजार थियो । त्यो बाकस पनि पुलिसले लगेर गए,’ उनी भन्छिन्, ‘त्यो पैसा कहाँ लगे होलान् पञ्चमुखी टोलमा नगरपालिकाले शनिबार सात घर भत्कायो र घरभित्र भएका सबै सामान लगिदियो । लत्ताकपडा, ओड्ने–ओछ्याउने, भएका खाद्यसामग्री सबै लगिदियो । उनीहरू अहिले एकसरो लुगामा मात्र छन् । ‘लगाएको लुगा मात्र छ । यो पनि घर भत्काउन नदिन खोज्दा च्यातिएको छ,’ सुकुम्बासी बलबहादुर विश्वकर्माले गुनासो गरे, ‘अरू कहाँ लग्यो–लग्यो थाहा छैन । पानी खान कल पनि राखिदिएनन्, सबै उखालिदियो ।’
दुई दशकदेखि यहाँ बसेका सुकुम्बासीलाई नगरपालिकाले विकल्प नै नदिई घर भत्काइदियो । ‘कहीँ केही छैन कहाँ जाने त त्रिपाल टाँगेर बस्न पैसा छैन,’ सुकुम्बासी बालकुमार राई भन्छन्, ‘नगरपालिकाले हामीलाई हेप्यो । सुकुम्बासीलाई जे गरे पनि हुन्छ भन्ने सोच्यो ।

कहिले चितवन, कहिले नवलपरासी, सिराहा,नेपालगंज लगाएत गरी यो बर्ष मात्रै सरकारले करिब ५ हजार बढी भूमीहिन सुकुम्बासीको उठिबास लगाएको एक तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation