इजरायलद्वारा युद्ध विराम अस्वीकार

उनले टेलिभिजन सम्बोधनमार्फत् भनेका छन्, ‘युद्धविराम गर्न भन्नु हमासको अगाडि, आतंकवादको अगाडि आत्मसमर्पण गर्न भन्नु हो ।’

इजरायलमा ७ अक्टुबरको दिन प्यालेस्टाइनको चरमपन्थी समूह हमासले आक्रमण गर्दा १० नेपालीहरुसहित १४ सय जना मारिएका थिए । त्यसलगत्तै इजरायलले युद्धको घोषणा गर्दै हमासलाई लक्षित गर्दै गाजा क्षेत्रमा हवाई र स्थल आक्रमण जारी राखेको छ ।

उक्त आक्रमणबाट बालबालिकासहित सर्वसाधारणहरुसहित ८ हजारभन्दा धेरै मारिएपछि इजरायललाई युद्ध रोक्न दबाब छ । लाखौं नागरिक विस्थापित भएका छन् ।

प्यालेस्टाइनी जनतामा संकट गहिरिँदै गएपछि युद्ध विरामको माग गर्दै विश्वका विभिन्न मुलुकहरुमा प्रदर्शन समेत भएको छ ।

इजरायलका प्रधानमन्त्री नेतन्याहुले भने यो युद्धको समय हो भन्दै भनेका छन्, ‘पर्ल आर्बरमा बमबारी वा सेप्टेम्बर ११ पछि जसरी अमेरिका युद्ध विरामका लागि तयार हुँदैन त्यसरी नै सात अक्टुबरको आक्रमणपछि इजरायल हमाससँग युद्ध विराम गर्दैन ।’ उनले यो युद्ध इजरायलको साझा भविष्याका लागि भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation