नेपाल एयरलाइन्सका प्रवक्ता रमेश कुमार पौडेलले घाइते भएकाहरूको उद्धारका लागि एयरलाइन्सको ९एन–एबीटी कलसाइनको १९ सिटर ट्विनअटर जहाज मेडिकल टिमसहित रुकुमको चौरजहारी विमानस्थल पठाउन लागेको जानकारी दिए ।
जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति भएको छ ।