प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज कोप–२८ लाई संबोधन गर्दै

काठमाडौं : जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२८) लाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संबोधन गर्दैछन्। 

बिहीबारदेखि यूएईको दुबईमा सुरु भएको सम्मेलनलाई प्रचण्डले आज संबोधन गर्न लागेका हुन्।  सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरले नेपालले भोगिरहेका समस्याका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउनेछन्। जलवायु परिवर्तनको असरका कारण भएको नोक्सानीबापत पाउनुपर्ने क्षतिपूर्तीबारे पनि कुरा उठाउने प्रधानमन्त्रीको तयारी छ।

प्रधानमन्त्री प्रचण्डले कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका पेचिला विषयलाई प्रवर्द्धन गर्न ‘पर्वतको आह्वानः जलवायु संकटबाट हामीलाई कसले जोगाउँछ?’ शीर्षकमा उच्चस्तरीय छलफल पनि आयोजना गर्दैछन्।

जलवायु परिवर्तनले सिर्जित विषम परिस्थिति र गहिरिँदो संकटको चेतावनीका पृष्ठभूमिमा भइरहेको सम्मेलनमा अघिल्ला वर्षमा पनि चर्चामा रहेका जलवायु परिवर्तनको प्रभाव र न्यूनीकरणका प्रयाससम्बन्धी धेरै विषयमा बृहत् छलफल हुँदै छ। सम्मेलनमा सहभागी हुन गएको प्रधानमन्त्री नेतृत्वको नेपाली टोली भोलि साँझ स्वदेश फर्कने तालिका छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation