ताप्लेजुङमा जिप दुर्घटना- चालकको मृत्यु

१८ मंसिर,काठमाडौं :  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा गएराति जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

प्रहरीका अनुसार सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनमा प्रदेश १–०१–००१ ज ३४३७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालक निसान लिम्बूको मृत्यु भएको हो।

याम्फुदिनको भोटेगाउँदेखि छेबुकतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई दुर्घटना भएको थियो। राति करिब ९ बजेतिर भएको जिप दुर्घटनामा सोही गाउँपालिका–५ पेदाङ घर भई हाल फुङ्लिङ नगरपालिका–५ बस्दै आएका चालक ३० वर्षीय लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation