“बकपत्र” माथिकाे बहस घाेराहीमा हुने

समसामयिक विषयमा जाेडदार कलम चलाइरहेका लेखक नरेन्द्र जंग पिटरकाे कृति “बकपत्र” माथिकाे बहस तथा वादविवाद घाेराहीमा हुने भएको छ । प्राणमञ्च मिडिया प्रालिले प्राणमञ्च मासिकमा निरन्तर कलम चलाइरहने स्तम्भकार पिटरकाे कृतिलाई “लेखकसँग संवाद, बहस र वादविवाद” शिर्षकमा कार्यक्रम गर्न लागेकाे हाे ।

जनयुद्ध तथा सिङ्गो देशकाे समग्र परिस्थितिकाे खाेतलखातल गरिएकाे उनकाे कृति अहिले देशभर चर्चामा रहेकाे कृति हाे ।

जनयुद्धकालिन कमरेडहरुमा आएकाे राजनैतिक, वैचारिक, सामाजिक, साँस्कृतिक र आर्थिक विषयकाे घाेर विचलनलाई केन्द्रमा राखेर रचिएको साे कृतिकाे विषयमा प्राणमञ्च मिडिया प्रालिले आगामी माघ १२ गते बहस तथा वादविवाद गर्दै छ ।

घाेराहीमा अवस्थित सर्वाेदय पुस्तकालयमा हुने कार्यक्रमका वक्ताहरु पूर्वी मधेसका सशक्त लेखक राेशन जनकपुरी, लेखक नरेन्द्र जंग पिटर, प्रमाेद धिताल, लक्ष्मी आचार्य तथा प्रा.डा. भीम खतिवडाले किताबकाे अन्तरकुन्तरबारे बहस गर्नेछन् ।

कार्यक्रमकाे सहजीकरण युवा साहित्यकार घनश्याम अस्तित्वले गर्ने साे मिडियाका सम्पादक तथा कार्यक्रम संयाेजक पदम प्रसाद पाेख्रेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation