शीतलहरसंगै बढेको चिसोले जनजीवन कष्टकर

लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन कष्टकर बनेको हो। विशेषगरी  वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन्।

चिसो बढेपछि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सार्वजनिकस्थलमा आगो ताप्न चाहने सर्वसाधारणका लागि दाउराको व्यवस्थापन गर्न मातहतका वन कार्यालयलाई निर्देशन दिएको छ।

तरकारी बालीमा डढुवाको जोखिम

शीतलहरका कारण डढुवा रोगले आलु, गोलभेडा लगायत तरकारी बालीमा समस्या देखिएको छ। ‘तीन दशक अघिसम्म यस्तो समस्या थिएन। जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिएको हुनसक्छ’, कैलालीका किसान नारायण चौधरीले भने, ‘आलु र गोलभेडाको व्यावसायिक खेतीमा लागेकालाई यो रोगले निरुत्साहित बनाएको छ।’

रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने  र आर्द्रता बढेर शीत पर्ने र चिसो मौसमको सुषुप्त अवस्थामा रहने ढुसी सक्रिय हुने भई बोटमा डढुवा रोगको सङ्क्रमणको समस्या देखिने गरेको कृषि प्राविधिक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation