विद्यालयमा अायाेजित विविध कार्यक्रमका बिच लुप्लुङ माविकाे नाममा ६ लाखकाे अक्षयकोष

पदम प्रसाद पाेख्रेल, प्यूठान

नाैबहिनी गाउँपालिका ८ लुप्लुङ स्थिति लुप्लुङ माध्यामिक विद्यालयले अाज एक समाराेहकाे बिच गत २०७४ सालदेखि राेकिएकाे पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । डा. भेषराज भण्डारीले २०७२ मा विद्यालयकाे नाममा खाेलेकाे दुई लाखकाे अक्षय काेषकाे चार वर्षकाे ब्याजबापतकाे रु ९६ हजार र प्रवासमा रहने श्रमिकहरुबाट निर्माण गरिएको रु ५२ दुई वर्षको ब्याजबनपतकाे रु १६ हजार रकम गरि कुल १ लाख बाह्र हजार रकम पुरस्कार स्वरुप वितरण गरिएको छ । कक्षा १ देखि दश सम्म कक्षा प्रथम, द्वितीय, तृतीय तथा विद्यालय प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल बिद्यार्थीहरुलाई १ लाख बाह्र हजार रकम वितरण गरिएकाे छ भने विद्यालयकाे तर्फबाट रु ५ हजार उर्जावान शिक्षक पुरुषाेत्तम पाैडेललाई पनि निजकाे गणित विषयमा लगातार शत प्रतिशत उत्तिण निकाल्न सफल भएकोमा प्राेत्साहन स्वरुप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक बसन्त प्रसाद भण्डारीले बताए ।

This image has an empty alt attribute; its file name is 1648222138880-1024x768.jpg

साेही विद्यालयमा विभिन्न कालखण्डमा अध्ययन गरेर प्रवासमा रहेका हेमन्तराज भण्डारीकाेे संयाेजकत्वमा बाेमलाल भण्डारी, पदम भण्डारी,(क) पदम भण्डारी (ख) दामाेदर भण्डारी, राम प्र. भण्डारी, चिन्तामणी भण्डारी, प्रकाश भण्डारी, लक्षमण भण्डारी, विनाेद बिक लगायतको सहयाेगमा रु ५२ हजारकाे अक्षयकाेष स्थापना गरिएको थियाे ।

शिक्षक पुरुषाेत्तम पाैडेललाई विद्यालयकाे तर्फबाट नगदसहित सम्मान
 त्यस्तै कार्यक्रममा विद्यालय स्थापना गर्दा करिब १ राेपनी जग्गा प्रदान गर्ने जग्गादाता मृतक प्रेमलाल भण्डारी  तथा संस्थापक अध्यक्ष मृतक दिनामणी भण्डारीकाे फाेटामा माल्याणपण गरि निजका छाेराहरुलाई कदरपत्रले सम्मान गरिएको छ । त्यस्तै अक्षयकोष स्थापना गर्नेहरु शेशुराम भण्डारी,हेमन्तराज भण्डारी, पदम प्रसाद पाेख्रेल, शाेभाराम भण्डारी तथा दुर्गा प्रसाद भण्डारीलाई पनि सम्मान गरिएकाे छ । भण्डारी समाजका अग्रज अगुवा, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, अभिभावक, विद्यार्थी, संचारकर्मी लगायतकाे भव्य उपस्थिति रहेकाे साे समाराेहकाे अवसरमा मन्तव्य राख्दै छाेरा मदम प्रसाद पाेख्रेलले मृतक लाेकी पाेख्रेलकाे स्मृतिमा पचास हजारकाे अक्षयकाेष स्थापना गर्ने घाेषणा गरेका छन् । त्यस्तै तुलसीपुर निवासी शेशुराम भण्डारीले बुबा शालिकराम भण्डारी र अामा चम्फादेवी भण्डारीकाे स्मृतिमा  ९९ हजार ९ सय ९९ रकमकाे अक्षयकाेष स्थापना गर्ने भएका छन् । तुलसीपुर निवासी दुर्गा प्रसाद भण्डारीले पनि बुबा तिलाराम भण्डारीकाे स्मृतिमा ५१ हजार रुपैयाँको अक्षयकाेष स्थापना गरेका छन् । त्यस्तै सामाजिक अगुवा एवं विद्यालयका पूर्व शिक्षक शाेभाराम भण्डारीले मृतक छाेरा इन्जिनियर मदन भण्डारीकाे स्मृतिमा १ लाखकाे अक्षकाेष घाेषणा गरेका छन् भने हाल अस्ट्रेलिया निवासी डा.भेषराज भण्डारीले रु एक लाख थपेर अक्षयकोषलाई रु तिन लाख पुर्‍याएकाे साेहि समाराेहमा एक म्यासेजमार्फत घाेषणा गरेका छन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब प्रसाद भण्डारीकाे अध्यक्षता रहेकाे कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य माधब प्रसाद भण्डारी रहेका थिए भने कार्यक्रमकाे सहजीकरण विद्यालयका सहाय प्रधानाध्यापक कुमार भण्डारीले गरेका थिए । कार्यक्रमकाे उदेश्यमाथि प्रधानाध्यापक बसन्त प्रसाद भण्डारीले प्रकाश पारेका थिए भने स्वागत मन्तव्य शिक्षक खेमराज भण्डारीले राखेका थिए । कार्यक्रममा बिशिस्ट अतिथि नारायण भण्डारी, शेशुराम भण्डारी , अतिथिहरु दुर्गा प्रसाद भण्डारी, हेमन्तराज भण्डारी, पदम प्रसाद पाेख्रेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बाेल्ने अधिकांस वक्ताहरुले विद्यालयकाे शैक्षिक गुणस्तर विकास तथा भाैतिक पूर्वाधारको विकासमा अाफुहरु हमेसा तल्लिन रहने प्रतिबद्धता व्यक्त गरेका छन् । स्मरण रहाेस् शेशुराम भण्डारीले विद्यालयकाे नाममा स्थापना गरेकाे रु २ लाख अक्षयकोषकाे रकम भण्डारी समाजकाे खातामा रहेकाे छ भने प्रवासीहरुले जम्मा गरेकाे ५२ हजार रकम पनि बिद्यालयकाे खातामा अाइसकेकाे छैन । यद्यपि सबै अक्षयकोष रकमकाे याेगफल ६ लाख ९ सय उनान्सय हुन पुगेको छ । घाेषणा गरेका सबै दाताहरुले १ वर्ष भित्र रकम विद्यालयलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation