संघीय संसद्को हिउँदे अधिवेशनको पूरा भयो तयारी

सभामुखबाट विधेयकबारे कानुनी, न्याय तथा संसदीय मामिलासम्बन्धी मन्त्रीसँग परामर्श भइसकेको र नियमितरूपमा गर्नुपर्ने सबै कामसमेत पूरा भएको उनले बताए । यो पटकदेखि अधिवेशनलाई कानून निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन पाक्षिकरूपमा क्यालेण्डर बनाएर जान संसद्का दुवै सदनमा तयारी भएको छ।

विधेयक अधिवेशनका रूपमा रहने यो अधिवेशनका लागि हाल संघीय संसदमा २४  विधेयक छन्। त्यसमध्ये १६ विषयगत समितिमा छन् । हाल १५ विधेयकमाथि दफावार छलफल भइरहेको छ भने एउटा छलफल पूरा भई प्रतिवेदन निर्माणको चरणमा छ। एउटा विधेयक लामो समयदेखि राष्ट्रिय सभामा थाती छ ।

सरकारले बजेट प्रस्तुत हुने समय जेठ १५ गतेभन्दा तीन महिनाअघि नै प्रि-बजेट छलफल सक्ने गरी अध्यादेश जारी गरिसकेको छ । उक्त अध्यादेशलाई सभाले स्वीकृत प्रदान गरेपछि प्री-बजेटसम्बन्धी विषय सदनमा अघि बढ्ने छ। अघिल्ला अधिवेशनमा प्रि–बजेटमाथिको छलफल लामो समयसम्म भए पनि त्यसमा सुधार र संशोधन नहुँदा निरर्थक बन्दै आएको थियो।

त्यो वेला सांसदले  दिएका सुझाव र उठेका प्रश्नका आधारमा सरकारले यसपटक प्रि-बजे६ छलफलसम्बन्धी नयाँ अभ्यास गर्न लागेको हो।

संघीय संसदका दुवै सदन यही माघ २२ गते अपराह्न ४ बजे बोलाइएको छ।

                                               -था.ख.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation