त्यसैले मास्क अनिवार्य लगाऊ

पदम प्रसाद पाेख्रेल, अाजकाेदुनियाँमा तिम्रो नाङ्गै मुखौटो
देखाउन लायक कत्ति छैन
आदिम साम्यवादी समाज
दासयुगबाट सामन्तवाद हुँदै
जब पूंजीवादमा प्रवेश गर्‍याे
आदिम कालबाहेकका
सबै कालहरुको नालिवेलि
मानव जीवन र प्रकृतिको इतिहासमा
अभिसाप सिद्ध भए
न्याय र स्वतन्त्रता हरण हुँदै
मानव रोबटमा सिमित भयो
दुनियाँभरका विग्रह र माहायुद्धले
झन्डै त संसार नै सखाप भयो
त्यसैले मानव उहिल्यैदेखि पनि
मास्कविहिन हुनु निन्दनीय नै थियो

मान्छे नै मान्छेको विरुद्ध भएपछि
अनुहार कसलाई देखाउनु ?
मुलुकको राजनेता बरु देशै बेच्छ
आफु मालामाल बन्ने दाउमा
शान्ति, सुशासन र समृद्धि अलाप्दै
निर्दाेष जनतामाथि बुट बजार्ने
राज्यकोषमा ब्रह्मलुट मच्चाएर
विदेशीको पाउमा उसैको कलो डकार्दै
अन्यायपूर्ण युद्ध मडार्छ
सारा अधिकार च्युत गरेर
निदोषहरुको नरसंहार गर्छ
यसरी मुलुक बेच्दै जनहत्या गर्ने
नालायहरुले मुखौटो कसरी देखाउने
ओ ! देशद्रोहि नालायकहरु
नकाब लगाई छोड मुलुक पनि

यहाँ, डक्टरले बिरामी ठग्छ
बहुमुल्य अंगहहरु निकालेर बेच्छ
नक्कली सर्टिफिकेमा कहलिएको डक्टर
उसलाई अकुत पैसा कमाउनु छ
मानवता होइन दानवता प्रधान भएपछि
कसरी देखाउने नाङ्गो मुखौटो

आफ्नै देश बेचिएर
मातृभूमि बलात्कृत हुँदा पनि
मुलुकि रक्षा सम्हालेको सेना
गणेशको भान्सो खाँदै
तथाकथित आदेशको पर्खाइमा
सुँगर जस्तै सुत्छ ब्योरेक भित्र
अब भन्नुस् त महोदय !
सेनाले एकपटकमा मास्क कति लाउने ?

समाजमा विद्यमान हिंसा र विध्वंसका
सामाजिक अन्यायको चित्कार नसुनेर
दुनियाँका स्वास्नी बिगार्दै हिड्ने प्रहरी
सुनलाई तामा बनाउँछ, अपराधलाई बैध बनाउँदै
लठ्ठिएर समाजमा आतंक मच्चाउने
प्रहरी ! कसरी मुखौटो देखाउने
मास्क मात्रै होइन नकाब पनि लगाउ

देशको उद्योगपति प्रकृतिको दोहन गर्दै
प्रयावरण भत्काउँछ उता सरकार ठग्ने
यता जनता लुटेर मन्त्री पेवा बनाउँदै
मजदुर विचल्ली पारि आत्महत्या गराउछ
कर नतिरी ब्रह्मलुट मच्चाउने उद्योगपति
एकपटक दर्जन बढी मास्क लगाउ

उत्पादनमा अब्बल ठानिएको कृषक
हिजो लागेको बतिलोलाई २४ घण्टा नबित्दै
बजार लैजानुपर्छ इन्जेक्सन लगाएर
उपद्रो बिषादिको लापरबाहीले
यता उर्वर माटो मारेको छ
उता अकालमा उपभोक्ता मारेको छ
तथाकथित अनुदानको मन्त्र जप्दै
इमानदार कृषकको भविष्य लुट्ने
उपभोक्ताघाती नक्कली कृषक
मास्क लगाउनै उपयुक्त छौ।

फर्जी बिल मिलाउंदै सयौँ योजना अलपत्र पार्ने
मन्त्री र ठेकेदारको चाकडी गरि
अरबौँ रकम झ्वाम पार्दै मुलुक कङगाल बनाउने
लुटतन्त्रको उत्सव मनाउदै अकुत दौलत बटुल्ने
राष्ट्रघाती सम्झौताका खाका काेर्ने
बुख्याँचा सरकारी कर्मचारी
जनताको सुदिनको हरण गर्‍याै
कमिसनमा अाफ्नाे देश बेच्ने कुख्यात नरभक्षीहरु !
नकाब लगाएर भाग तिमी पनि

कर छल्ने, कालोबजारी गर्ने
दलाली र चाप्लुसीको सागरमा डुब्दै
चरम मुल्यबृद्धि गरि उपभोक्ता मार्ने
देश भड्खालोमा हाल्दै मलद्वारमा सुन लुकाउने
कथित व्यापारिक लुटेराहरु
तिमीहरू पनि मास्क लगाऊ

देशद्रोहि दलको कट्टर प्रवक्ता बनेर
पित पत्रकारीतालाई सेटिङमा चलाउने
प्रेस स्वतन्त्रताको रटानभित्र
सत्यता र निष्पक्षताको दुहाइ दिने
लुटतन्त्रका किस्सा ठिक्क पारेर
बन्दकोठामा बार्गेनिङको दादागिरी मच्चाउने
नैतिक धर्मलाई नामेट गरि ब्रह्मलुट गर्ने
जनबैरी शासनको रटानमा नथाकेर
श्रमजीवी पत्रकारलाई अलपत्र पार्ने
तथाकथित मिडियाका ठेकेदारहरु
मुलुक रहोस् वा नरहोस्, पैसाको चाङ भए हुने
पत्रकार जगतलाई बदनाम पत्रुकारहरु
समाजमा मुखौटो कता लुकाउने ?

फेसबुक चलाउदै स्कुल जानुपर्ने
केटाकेटी जिस्किदै पढ्नुपर्ने
चिटिङ गरेर उत्तीर्ण हुनैपर्ने
न पोसाक, न अनुशासन, न त कापीकलम नै
स्कुल जाँदा एन्ड्रोइड फोन अनिवार्य चाहियो
छुट्टयाउन गाह्रो छ, उ विद्यार्थी कि ग्राहक
रक्सी, चुरोट र गाँजा छिनछिनमा तान्नुपर्ने
डिस्को पनि चाहियो, ट्रोल हुनुछ सामाजिक संजालमा
कापीकलम किन पो चाहियो
बाआमा ठग्ने स्कुलमा मास्टर ठग्ने
केहि नलागे गुलाम वा आत्महत्या गर्ने
वाैद्विक पूर्वाधार कहलिने बिद्यार्थी
अपराधजन्य विकृतिको बादशाह
नसच्चिएसम्म आजिवन मास्क लगाउ

दलको पतुर झोले बनेर राष्ट्रघातको साक्षी बस्ने
अरब–खाडी पसेर सुन्दर जीवन नरकमा बिताउने
तस्करी र ठगि गर्दै देशमा उत्पात मच्चाउने
कि गाँजा, तुम्बा, जुवा वा रक्सीको लत
सम्झ युवाहरु कहाँ छ स्वाधीनता ?
हृदयगम गराैँ मास्क लगाउने कि नकाबै ?

उ वस्तु हो या मानव थाहा छैन
झकिझकाउ बन्नुछ आफ्नै शरिर बेचेर
सोह्रश्रृङगारदेखि महंगा जुहारत पहिर्नुछ
प्रेमिलाई बलात्कारको मुद्दा भिराएर
सत्ता र चेतनामा गवाँर बन्दै
अकुत दाैलत पनि थुपार्नु छ
मुक्ति र स्वतन्त्रताको चीरहरण गरेर
दास बन्नु छ पतिमहादेवको
विक्रिमा सजिसजाउ भएका
नकचरा छाडा वस्तहरुलाई
आदिमकालको मातृसत्ताको इतिहास के थाहा
पूंजीवादी बजारमा सजिएका दब्बुहरुलाई
जस्ले आफ्नो पहिरन र श्रृङगारलाई सर्वश्व ठान्दै
पितृसत्ताको दास बन्न निसर्त राजि छ
आत्मनिर्भर स्वाधीनतालाई बन्धक राखेर
पूंजीवादी लुटेराको बिक्री बजारमा
नाङ्गै हिड्दै नारीत्वलाई डलरमा बेचि
घमण्ड गर्ने ओ पराजित नरनारीहरु
सबैले मुखौटो छोप, या त विद्रोह गर
धन्य कोरोना ! धन्य निगम पूंजीवाद !!

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation