प्रधानसेनापतिबाट बिदा हुँदै शर्मा, अबको कार्यभार सिग्देललाई

२४ साउन, काठमाडौं 

नेपाली सेनाको कायमुकायम प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् । प्रधानसेनापति महारथी प्रभुराम शर्माले बिहीबार सिग्देललाई कार्यभार बुझबुझारथ गरेका हुन् ।

शर्मा पदावधिको हदले नेपाली सेनाबाट आजदेखि अनिवार्य अवकाशमा जान लागेका हुन् । उनी भोलिबाट बिदामा बस्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जनाएको छ ।

नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी शर्माले करिब ४१ वर्ष सेवा गरेका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation