विद्युत् प्राधिकरणले लेखा समितिलाई बुझायो टीओडी मिटर विवरण

२४ साउन, काठमाडौं

नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको बेला डेडिकेटेड फिडर र ट्रंकलाइनबाट उद्योगहरुमा आपुर्ति गरेको बिजुलीको टीओडी मिटरको डाटासहितको प्रमाण सार्वजनिक लेखा समितिलाई बुझाएको छ।

टिओडी मिटरको डाटा, विभिन्न समितिको अध्ययन प्रतिवेदन, विभिन्न अदालतको फैसलालगायतका विवरण प्राधिकरणले समितिमा बुझाएको हो।

समितिका सचिव एकराम गिरीले प्राधिकरणबाट बिभिन्न कागजपत्र प्राप्त भएको बताए। त्यसमा अब समितिले अध्ययन गर्ने उनको भनाइ छ।

३० पोकामा रहेको उक्त विवरण झण्डै ७० हजार पेजको हारहारीमा रहेको छ। गत शुक्रबार लेखा समितिले प्राधिकरणलाई टिओडी मिटरको तथ्यांक उपलब्ध गराउन निर्देशन दिएको थियो। त्यसको लिखित पत्र भने गत सोमबार प्राधिकरणमा पुगेको थियो। त्यसपछि प्राधिकरणले बिहीबार लेखा समितिमा प्रमाण पेश गरेको हो।

लोडसेडिङको बेला नियमित महशुलमा प्रिमियम थप गरेर उद्योगहरुमा २४ घण्टासम्म विद्युत् सप्लाई गरिएको थियो। त्यसको प्रिमियम महशुल अहिले विवादमा छ।

यस बिषयमा सार्वजनिक लेखा समितिले अध्ययन गरिरहेको छ। यद्यपि तीन वर्षअघि २२ चैत ०७७ मा लेखा समितिले नै उक्त बक्यौता उठाउन सरकारलाई निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation