४० वर्षपछि छोरालाई भेट्दा आमा खुसी

दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिन्छ । तर, दाइलाई फसाउन फर्जी जाहेरी दिएको उनका भाइ प्रकाशचन्द्र दाबी गर्छन् । उनी धेरै बोल्दैनन् । तर, छुटेलगत्तै ‘म निर्दोष छु’ भन्ने प्रतिक्रिया दिएका थिए । 

विनासुनुवाइ ४१ वर्ष भारतीय जेलमा कैदीजीवन बिताएका इलामको माई नगरपालिका– १० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना आइतबार घर आइपुगेका छन् । उनले ४१ वर्षपछि जन्मघर टेकेका हुन् । घर आएर उनले ९१ वर्षीया आमा मनमायालाई भेटे । पश्चिम बंगाल रेडियो क्लबका प्रतिनिधिले पठाएको लड्डु दुर्गाप्रसादले आमालाई दिए । उनले पनि खाए । तर, केही बोलेनन् । ४१ वर्षपछि भेट भएको छोरो नबोलेपछि मनमायाले भनिन्, ‘बिरामी छ कि क्या हो, फोक्से मासु लागेको हो कि के भएको ।’उनले विगत स्मरण गर्दै भनिन्, ‘कमाउन जान्छु भनेर हिँडेको मान्छे बल्ल फर्कियो, हलो जोत्दाजोत्दै हिँडेको थियो, कतितिर खोज्यौँ, भेटिएन, अहिले बल्ल आयो ।’

भजित प्रकाशचन्दतर्फ हेर्दै उनले भनिन्, ‘एक महिनाभित्र ल्याउँछौँ भनेर कतिले भने–भने, तर यसले (प्रकाशचन्द्र) लेर आयो । यसले बोलेको पूरा ग¥यो । यसले पनि ल्याउँदैन कि भन्ने लागेको थियो, बाटो हेर्दाहेर्दा बल्ल लेर आयो ।’ कोलकातास्थित दमदम सेन्ट्रल करेक्सनल होम (केन्द्रीय सुधारगृह)मा रहेका तिम्सिना जेलमुक्त भएसँगै आइतबार नै नेपाल फर्किएका हुन् । उनलाई लिन भाइ प्रकाशचन्द्र (काकाका छोरा) र विश्व मानव सेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत भारत पुगेका थिए । 

उनी सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए । यद्यपि उनीमाथिको यो आरोप प्रमाणित भएको छैन । उनीविरुद्ध दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिन्छ । तर, दाइलाई फसाउन फर्जी जाहेरी दिएको उनका भाइ प्रकाशचन्द्र दाबी गर्छन् । उनी धेरै बोल्दैनन् । तर, छुटेलगत्तै ‘म निर्दोष छु’ भन्ने प्रतिक्रिया दिएका थिए । 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation