खुकुरी प्रहारबाट एक युवा गम्भीर घाइते

३२ असार, काठमाडौं 

भोजपुरमा एक वृद्धले २७ वर्षीय युवालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका छन्।

भोजपुरको पौवादुङ गाउँपालिका ३ च्याङग्रेका २७ वर्षीय धनकुमार राईलाई सोही स्थानका ६० वर्षीय गणेशबहादुर राईले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन।

घाइतेको घाँटीको पछाडिको भागमा गहिरो चोट लागेको भोजपुर प्रहरीले जनाएको छ।

उनलाई उपचारका लागि धरान पठाइएको छ। सामान्य विवाद झै–झगडामा परिणत हुँदा घटना घटेको प्रहरीले जनाएको छ। घटनापछि गणेशबहादुर राईलाई खुकुरीसहित नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation