करेन्ट लागेर सल्यानमा १जनाको मृत्यु

पुष्कर पन्थ सुनार साउन २, सल्यान – सल्यान करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।
जिल्लाको कालिमाटी गाउँपालिका वडा नं.३ ढोडेनी निवासी २५ बर्षिय बबिन भण्डारीको करेन्ट लाग्दा मृत्यु भएको हो ।

स्थानिय मिलको लागि तार बिस्तार गर्ने क्रममा सोमबार बिहान विद्युत पोलमा चडेको बेला भण्डारीको बायाँ हातमा करेन्ट लागेको थियो ।करेन्ट लागि घाइते भएका उनको उपचारको लागि दाङको राप्ती प्रादेशिक अस्पतालमा लगेको र उपचारको क्रममा सोमबार दिउँसो १:५५ बजे नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation