कुमाख ६ मा १ महिने ड्रेस डिजाइन तालिम सम्पन्न

पुष्कर पन्थ सुनार साउन ४ सल्यान
मुख्यमन्त्री दलित अायअार्जन प्रवर्द्धन कार्यक्रम अन्तरगत कुमाख गाउपालिका ६ नम्बर वडामा प्रदेश सरकारकाे साढे ३ लाख लगानी अन्तरगत वडागाउँका १७ दलित महिलाहरुलाई ड्रेस डिजाइन १ महिने तालिम समापन भएको छ।तालिम समापन कार्यक्रममा कुमाख गाउँपालिका ६ का वडा अध्यक्ष कर्ण बहादुर वि क ले अागामि दिनमा पनि तालिम राेजगारी उत्पादन निम्ति सबखाले पहल गरेर जिवनस्तर बदल्न पहल गर्ने बताउदै उनले माथिल्लो तहबाट हुनुपर्ने जति प्रयाप्त पहल नभएको गुनासो समेत व्यक्त गरे ।वडा अध्यक्ष कर्ण बहादुर वि क काे अध्यक्ष्ातामा तथा कपिलदेव भण्डारीकाे सञ्चालनमा भएको कार्यक्रममा प्रशिक्षक रसिला परियार ,नेपाल कम्युनिस्ट पार्टी माअाेवादी केन्द्रका नेता गणेश सुनार लगायतको उपस्थितिमा ड्रेस डिजाइन तालिमको समापन गर्नुका साथै तालिममा सहभागी १७ जनालाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation