पछिल्लो २४ घण्टामा ३४७ जनामा काेरना संक्रमित ,२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमित थपिएका छन्।

देशभर गरिएको २ हजार ३६० पीसीआर र १ हजार ५२८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ९५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ४८९ पुगेको छ।

उक्त अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको मन्त्रालयले जनाएको छ।

हाल देशभर हाल ३ हजार १७७ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation