मनकामना केवलकार बन्द हुने

गोरखाका प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जोड्ने केबलकार साउन २३ गतेबाट बन्द हुने भएको छ। केबलकार मर्मतका लागि विदेशबाट प्राविधिकहरू आउने भएकाले साउन २३ गतेदेखि मर्मत नसकिँदासम्म बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको हो।

प्रालिका अनुसार मर्मतको काम सकिन एक महिनाभन्दा बढी समय लाग्नेछ। प्रालिले केबलकार बन्द हुँदा भक्तजनमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation