अबिरल वर्षासँगै उर्लेको बाढीले सप्तकोसीमा खतरा, उच्च सतर्कता अपनाउन विज्ञहरुको सुझाब

सप्तकोसी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ । पानीको बहाव बढेपछि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको हो।

सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चिमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान ११ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाव भइरहेको त्या खटिएका सुरक्षाकर्मीले जानकारी दिएका छन्। कोसी बयारेजका ३२ वटा ढोका खोलिएको जानकारीसमेत दिएका छन्।

पानीको सतह बढेपछि गोबरगाढामा रहेको विद्यालय नजिक कटान भएको छ। पानी बढेसँगै गोबरगाढाका २० घरमा पानी पसेको हनुमाननगर कंकालिनी नगरपालिकाका स्थानीयले बताएका छन्।

पानीको सतह बढन थालेपछि हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १४ डलवास्थित स्परमा कटान हुने थालेको वडा अध्यक्ष कृष्णकुमार यादबले जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation