जिप दुर्घटनामा २५ दिनकी बालिका सहित एकै घरका दुई बालिका गरि तीन जनाको मृत्यु

 

बाहाने बाग्दुला सडक खण्डमा विगत १३र१४ वर्षदेखि यातायात सेवा दिइरहेको जिप दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको जिल्ला अस्पताल प्युठानका सुचना अधिकारी राजन घिमिरेले बताएका छन् ।

मृत्यु हुनेहरुमा  नाैवहिनि गाउपालीका ५ का लुकेस थापा, एकै परिवारका चार बर्षिय चेतना बुढा , २५ दिने दुधे बालिका  करुणा बुढा रहेका घिमिरेले बताए ।

बाग्दुलाबाट डामृको लागि छुटेको लु १ ज १५४५ नम्बरको जीप नौबहिनी बाहाने नजिकै सामुदायिक वनको भवननेर दुर्घटना भएको हो ।

घाइते हुनेहरुमा नौवहिनि गाउपालीका ५ का अन्दाजी २५ बर्षिय मिनराज सुनार, ५२ वर्षिय दल बहादुर खत्री,अन्दाजी ३० बर्षिया, रविन घर्तीमगर,२३ बर्षिय धनमाल थापा मगर, उमेर १८ बर्ष रोसनि थापामगर, ११ बर्षिय गम्भीर, मिनराज राणा क्षेत्री, २८ बर्षिया दिलसरि वि क,  ६० बर्षिय दिलमाया थापा, २२ बर्षिय रियसा थापा ११ वर्षिया छन भने रोल्पा लुङग्री १ निवासि अस्मिता पुनमगर छन् । त्यस्तै नौबहिनि १ निवासी इन्द्रबहादुर बुढामगर, एेरावती ५ खवाङ्गका गोविन्द के सि २८ बर्षिय, लक्ष्मि घर्ती मगर २६ बर्षिय नौबहिनि २, रेमसरा बुढामगर २५ बर्षिय नौवहिनी ५ र सोहि ठाउका २८ बर्षिय हुकुम बहादुर बुढामगर छन् ।

त्यस्तै गम्भिर घाइते अवस्थाका ६ जनालाई जनालाई थप उपचारको लागि विभिन्न अस्तालमा रिफर गरिएको छ भने सामान्य १० जन घाइतेहरु उपचारपश्चात रिफर गरिएको अस्पताका सुचना अधिकारी राजन घिमिरेले जानकारी दिए ।

दुर्घटनामा १८ जना घातेहरुमध्य २ जना गम्भीर घाइते भएको र उनीहरु सबैलाई नौबहिनी गाउँपालिकाको गाडी मार्फत जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कर्यालय प्यूठानले जनाएको छ । गभिर अवस्थाका धाइतेहरुलार्इृ रिफर गर्ने तयारी भइरहेको पनि अस्पताल स्रोतले जानकारी दिएको छ ।

जिप सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation