
नेपाल पत्रकार महासंघ दाङले आफ्ना शाखा सदस्य पूर्णप्रकाश विश्वकर्मा (प्रीया स्मृति गजमेर) लाई आफ्नो मिडियामा काम गराएवाततकाे न्युनतम पारिश्रमिक (एक रुपैयाँ पनि) नदिने मिडियाका संचालकलाई तुरुन्तै भुक्तानी दिन अनुराेध गरेकाे छ । २०७९ असार २४ गतेदेखी नेपाल लाईभ अनलाईनमा दाङ संवाददाताको रुपमा काम गर्दै आएकोमा हालसम्म कुनै पनि पारिश्रमिक नपाएको र पारिश्रमिक दिन अनुरोध गर्दा अनलाईन सञ्चालक अनिल न्यौपानेले अपशब्द प्रयोग गरि गालीगलौज गरेकोमा उक्त घटनाको विरोध तथा घाेर भत्र्सना व्यक्त गरेको छ। महासंघले हालसम्मको पारिश्रमिक दिई गालीगलाैजकाे क्षमायाचनाकाे माग गरेको छ । अन्यथा श्रमजीवी पत्रकारको पारिश्रमिक उपलब्ध नराउने तथा यस्ता घटना दाेहाेरिए कडा कदम चाल्ने चेतावनी एक प्रेस विज्ञप्ती जारी गर्दै दिएको छ । यस्तो छ प्रेस विज्ञप्तिकाे पुर्ण पाठ :
नेपाल पत्रकार महासंघ दाङ शाखा सदस्य पूर्णप्रकाश विश्वकर्मा (प्रीया स्मृति गजमेर) ले २०७९ असार २४ गतेदेखी नेपाल लाईभ अनलाईनमा दाङ संवाददाताको रुपमा काम गर्दै आएकोमा हालसम्म कुनै पनि पारिश्रमिक नपाएको र पारिश्रमिक दिन अनुरोध गर्दा अनलाईन सञ्चालक अनिल न्यौपानेले अपशब्द प्रयोग गरि गालीगलौज गरेकोमा उक्त घटनाको नेपाल पत्रकार महासंघ दाङ घोर भत्र्सना गर्दछ । हिन्दुहरुको महान् पर्व दशै तिहारको अवसरमा श्रमजिवी पत्रकारलाई तलब नदिई उल्टै गाली गलौज गर्नु निन्दनिय काम हो ।
हालसम्म गरेको कामको पारिश्रमिक दिई श्रमजिवी पत्रकारलाई गरेको दुव्र्यवहारप्रति क्षमायाचना गर्न सम्बन्धीत अनलाईन सञ्चालकलाई महासंघ हार्दिक आग्रह गर्दछ । साथै यस्ता खालका गतिविधी नगर्न सम्बन्धीत सरोकारवाला सबैलाई सचेत गराउदछौ । समयमै श्रमजिवी पत्रकारहरुलाई पारिश्रमिक नदिई श्रमशोषण गरेको पाईएमा महासंघ त्यसविरुद्ध कडा कदम चाल्न बाध्य हुने जानकारी गराउँदछौँ ।आर.के.शीतल दुर्गालाल केसी
सचिव अध्यक्ष