बडागाउँ खेलकुद तथा साँस्कृतिक कार्यक्रम जारी

सल्यान जिल्लाको कुमाख गाउँपालिका वडा न:६ बडागाउँमा  बडागाउली दशेै विशेष खेलकुद कार्यक्रम जारी रहेको छ !

स्थानीय युवाहरुको सक्रीयतामा कुमाख गाउँपालिका वडा नम्बर ६ बडागाउँमा खेलकुद तथा साँस्कृतिक कार्यक्रम २०७९ असाेज १७ गते सोमबारदेखि सुरु भएको हो ।

कार्यक्रममा वडा (टोल स्तरीय) भलिबल खेलमा वडाका ११ वटा टोलबाट १३ वटा टिमले सहभागीता जनाएका छ्न्। भलिबल खेल सकिएपछि भोलि टिकाको दिन सांस्कृतिक कार्यक्रम रहने, जसमा स्थानीय कलाकारहरुको प्रस्तुति र स्थानीय झाँकी समेत प्रस्तुत गरिने आयोजक तथा प्राणमञ्च मिडिया प्रा.ली सल्यानका सहकर्मी पुष्कर पन्त सुनारले जनाएका छन।

भलिबल खेलमा प्रथम स्थान हासिल गर्ने टिमलाई १० हजार, दोस्रो स्थान हासिल गर्नेलाई ८ हजार र तेस्रो स्थान हसिल गर्नेलाई ६ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकपक्षले जानकारी दिएको छ ।

शंकर बि.क काे अध्यक्ष्ातामा उद्घाटन कार्यक्रममा कुमाख गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कर्णा बहादुर बि.क को प्रमुख आतिथ्यता, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीका स्वकीय सचिव प्रेम नारायण बि.क को विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काङग्रेस कुमाख सभापति मेघराज सुनार, ने .क. पा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य गणेश सुनार, विद्यालय कर्मचारी संगठनका केन्द्रिय परिषद्  सदस्य खड्ग बिक लगायत विभिन्न समाजसेवी ,बुद्धिजीवी, पत्रकार,खेलाडी लगायत को उपस्थिति रहेकाे कार्यक्रममा शुभकामना मन्तव्य पुस्कर पन्त सुनारले राख्नुभएको थियो । कार्यक्रम संचालन मान बहादुर के.सी. ले गर्नुभएको

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation