नेकपा सल्यानले बुझायाे सबै स्थानीय सरकारलाई ज्ञापन पत्र, मागकाे तत्काल सम्बाेधन गराउन खबरदारी गरिने

 

नेपाल कम्युनिस्ट पार्टी सल्यानले जिल्लाका १० वटै पालिकामा ज्ञापनपत्र बुझाएको छ। सल्यानमा रहेका ३ वटा नगरपालिका र ७ वटा गाउँपालिकामा बिहीबार पार्टीका तर्फबाट ज्ञापनपत्र बुझाइएको हाे । पार्टीको केन्द्रीय याेजना अनुसार जनताले भाेग्नु परेका स्थानीय समस्याहरु समेटेर हरेक पालिकामा पार्टीले ज्ञापनपत्र बुझाएको पार्टीका केन्द्रीय प्रतिनिधि तथा उत्तर सल्यान जिल्ला इन्चार्ज भीम सीले बताए ।

 

पार्टीको उत्तर जिल्लापट्टी भीम सी र जिल्ला सचिव मदन सीकाे नेतृत्वमा ज्ञापनपत्र बुझाइएको थियो भने दक्षिण जिल्लापट्टी पार्टीका केन्द्रीय सदस्य तथा दक्षिण जिल्ला इन्चार्ज अनिल सी र जिल्ला सचिव वीर बहादुर सीकाे नेतृत्वमा ज्ञापनपत्र बुझाइएको नेकपा सल्यानले जानकारी दियाे।


‘जनताका स्थानीय समस्याहरुलाई समेटेर ज्ञापनपत्र बुझाउने काम भएको छ। ज्ञापनपत्रमा समावेश भएका बिषयहरु समयमा सम्बाेधन भएनन् भने जनतालाई साथमा लिएर आन्दोलन गर्ने हाे।’ जिल्ला इन्चार्ज भीम सीले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation