सिन्धुलीमा बस दुर्घटना हुँदा ७ काे मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका- ४ कुहिभिरमा ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।

दुर्घटनामा २९ जना घाइते भएका छन्। मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले जानकारी दिए।

बा.२ख ६५९६ नम्बरको बस तीव्रगतिका कारण भिरमा ठोक्किएर दुर्घटनामा परेको उनले बताए। सिलवालका अनुसार बसको अगाडिको भागमा बस्ने यात्रीको मृत्यु भएको छ।

घाइतेको उद्धार गरी प्राथमिक उपचारका लागि खुर्कोट पठाइएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले घटनास्थलबाट जानकारी दिए। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation