बुद्ध जनकल्याण माविकाे अध्यक्षमा मानबहादुर

पुष्कर पन्त सुनार
सल्यान, १ चैत

कुमाख गाउँपालिका वडा नं ६ बडागाउममा रहेको बुद्ध जनकल्याण माविको अध्यक्षमा मानबहादुर केसी नियुक्त भएका छन् । जिल्लामा राम्रो शैक्षिक नतिजा हासिल गरिरहेको साे विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति निर्माण गरिएकाे हाे । साेमबार र मंगलबार गरी दुई दिनसम्म चलेकाे अभिभावक भेलाबाट निर्वाचित मानबहादुर सहित सदस्यहरु क्रमशः कमला चन्द, शंकर बि.क तिवारी, झरना बि.क, शुसिला बि क, खड्ग बहादुर बुढाथाेकि तथा पदेन सदस्यमा कुमाख गाउँपालिका वडा न: ६ वडा अध्यक्ष कर्ण बहादुर बि क रहेका छन् ।

नवनिर्वाचित अध्यक्षले स्कुलमा बिगत लामो समयदेखि शैक्षिक क्षेत्रमा विद्यमान समस्या सुधारकाे लागि सधै इमानदारीपूर्वक लागिपर्ने समेत बताए ।  उनले विद्यालयकाे भाैतिक तथा शैक्षिक गुणस्तर विकासमा सबै तह र तप्काका सराेकारवालाहरुसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation