गौमुखीका बोका बाख्रालाई पी.पी.आर खोप

प्यूठान,गौमुखी गाउपालिकामा बोका बाख्रा हरुको लागि एक हप्ते पी.पी.आर खोप कार्यक्रम संचालन गरिएको छ।गौमुखी गाउपालिकाको ७ वटै वडामा पशु सेवा स्वास्थ्य शिबिर कार्यक्रम संचालन गरिएको हो ।
आज विहिवार गाउपालिकाको वडा न ५ खुङमा ७ सय र वडा न १ अर्खामा २ सय बढी बोका बाख्राहरुलाई पी पी आर खोप लगाईएको छ ।

उक्त खोप कार्यक्रममा खोपकर्ताहरु वडा न १ अर्खामा सोहि वडाका पशु प्राबिधिक श्याम बहादुर केसी रहेका थिए भने वडा न ५ खुङमा शाखा प्रमुख भिमलाल शर्मा,प्राबिधिक राकेश कुमार शिख र कृषि प्राबिधिक विरेन्द्र खडका रहेका थिए ।

गाउपालिकाले सम्पूर्ण खर्च व्यवस्थापन गरी १० हजार डोज खोप उपलब्ध गराएको छ ।उक्त एक हप्ते पशु सेवा स्वास्थ्य शिबिर कार्यक्रम बोका बाख्राहरुमा लाग्ने बिभिन्न महामारीजन्य रोगहरुको रोकथामको लागि संचालन गरिएको गाउपालिकाका पशु सेवा शाखा प्रमुख भिमलाल शर्माले प्राणमंच डटकमलाई बताए ।आफ्नै वडामा बोका बाख्रालाई पालिकाले शिबिर संचालन गर्दा स्थानीयहरू हर्षित भएका छन । उक्त पशु स्वास्थ्य शिविर भोली वडा न ४ पुजामा संचालन हुनेछ ।

                 फोटो:प.से.स्वा.प्रमुख भिमलाल शर्मा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation