रुकुममा एकै घरका दुई दिदी-बहिनीकाे हत्या

 

रुकुमपूर्व, चैत २३ 

जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदी–बहिनी मृत फेला परेका छन् । बिहीबार बिहान पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मा गाउँका एकै घरका दुई दिदी–बहिनी मृत फेला परेका हुन् ।

बुधबार साँझ दुई दिदी–बहिनी सिस्नो टिप्ने भनी घरबाट निस्किएका थिए । तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढामगर र ९ वर्षीया कालिमाया बुढामगर रहेको गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती मगरले जानकारी दिनुभयो ।

बुधबार साँझ हराएका दुई बालिकाको स्थानीयले खोजी कार्य गर्दा बिहीबार बिहान रन्मा गाउँकै भीरमा मृत फेला परेपछि प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अञ्जना श्रेष्ठले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धानका लागि हाल प्रहरी घटना स्थलतर्फ जाँदै गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो । स्थानीयबाट प्राप्त भएको खबर अनुसार दुई बालिकाको गरगहना लुटपाट गरी लुटेराले हत्या गरेको हुनसक्ने आशङ्का गरिएको श्रेष्ठको भनाइ रहेको छ ।

 

गाेरखापत्रबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation