बढ्दै काेराेना: आज ६ जनामा पुष्टि हुँदा ४६ घर फर्किए

पछिल्लाे २४ घन्टामा एक सय ६ जनामा कोरोना संक्रमण देखिएकाे छ । याे अवधिमा काेराेना संक्रमणबाट एकजनाकाे मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय ६ जनामा संक्रमण देखिएको छ। यस्तै, आज ४८ जना उपचारपछि घर फर्किएका छन्।

मन्त्रालयले अझै केही दिनसम्म संक्रमण बढ्ने जनाएको छ। हाल सक्रिय संक्रमितको संख्या चार सय ६९ पुगेको छ। काठमाडौं उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष  (आइसियू) मा र पाँचजना भेन्टिलेटरमा उपचाररत छन्।

नेपालमा छिमेकी देश भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबिबी १.१६ देखा परेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation