आन्तरिक पर्यटकको रोजाई बन्दै गौमुखीको गोद्रेचौर,नयाँवर्षमा घुमे ५ हजार बढी

प्यूठान,उत्तरी प्यूठानको गौमुखी गाउँपालिका अन्तर्गतको गोद्रेचौर नयाँ वर्षको अवसरमा घुमन्तेहरुको भिडले भरिपूर्ण बनेको छ । पालिकाको वडा न ४ पुजामा अवस्थित आन्तरिक पर्यटकहरुको केन्द्रबिन्दु बनेको नवनिर्मित गोद्रेचौरमा शुक्रबार आन्तरिक पर्यटकहरुको घुईचो ले रङ्गिन बनेको हो । गोद्रेचौरको पुर्वमा वडा नं ६ लिवाङ पश्चिममा नौबहिनिको खवाङ उत्तरमा पुजा गाउँ र दक्षिणमा बुक्तिचौर रहेको छ ।

शुक्रवार मात्रै नयाँ वर्ष २०८० सालको सुवर्ण अवसरमा पालिकाभित्रका र बाहिरका गरी करिव ५ हजार आन्तरिक पर्यटक हरु भित्रीएको वडाध्यक्ष धनिराम सुनारले बताए।

गोद्रेचौरमा आन्तरिक पर्यटक भित्राउने लक्ष्य सहित कृत्रिम रुखको जरा,बस्ने ठाउँ,लभ साईन एवं वटुवाहरुको निम्ति पाटी बनाईएको देख्न सकिन्छ  साथै थप पुर्वाधार बन्दै गरेको छ ।

सबैको केन्द्र पर्ने खुल्ला ठाउमा यसरी पुर्वाधार निर्माण गर्दा घुम्न आउने आन्तरिक पर्यटक हरु खुशी हुँदै यसलाई थप संरक्षण गरि व्यवस्थित गरिदिए आफुहरु जस्ता लाखौ घुम्न आउने व्यक्ती हरुले सुरक्षाको अनुभुती गर्न सक्ने बताउँछन ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation