हाप्किडो संघ प्यूठानको १६ औ ग्रेडिंङ कार्यक्रम सम्पन्न

प्यूठान /जिल्ला हाप्किडो संघ प्यूठानको १६ औ ग्रेडिंङ कार्यक्रम शनिवार सम्पन्न भएको छ । सरुमारानी गाउपालिका ४ बडडाडाको आयोजनामा भएको उक्त कार्यक्रम गाउपालिका खेलकुद अध्यक्ष जयश्वर राम पोख्रेलको अध्यक्षतामा संचालन भएको हो ।
कार्यक्रममा गाउपालिकाका आर्थिक सयोजक मोहमद अलिको प्रमुख आतिथ्यता, हाप्किडो संघ नेपालका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ति मगरको बिशेष आतिथ्यता रहेको थियो । त्यस्तै सहायक प्रशिक्षक एवं खेलाडीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सरुमारानी ४ का २ विधालयका १५० बढी विधार्थी हरुलाई ग्रेडिंङ गरी एल्लो बेल्ट प्रदान गरीएको छ ।
कार्यक्रममा अध्यक्ष पोख्रेलले बोल्दै विधार्थी खेलाडीहरुलाई यो समयमा माया ममता देखाई शिक्षासंगै खेल क्षेत्रलाई पनि अगाडी बढाउन सके विधार्थीको चेतनामा वृद्धि हुने बताएका छन् ।सरुमारानी गाउपालिकाले यसअघि युवा तथा खेलाडी प्रोत्साहन कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा जिल्ला हाप्किडो संघ प्यूठानका अध्यक्ष टेकराज केसीको सहजिकरण रहेको थियो ।
त्यस्तै आठौ नेशनल च्याम्पियन हाप्किडो प्यूठानमा आगामी दिनमा हुन लागेको जिल्ला हाप्किडो संघ प्यूठानका सहायक प्रशिक्षक प्रेम मगरले हामीलाई बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation