आफ्नै दाइको हत्या आराेपमा भाइ पक्राउ

२०८० जेठ ३० मंगलबार

दाइको हत्या गरेको आरोपमा न्युरोडबाट भाइ पक्राउ परेका छन् । ४५ वर्षीय दाइ सूर्य शाक्यको हत्या आरोपमा भाइ २५ वर्षका सुरज शाक्यलाई प्रहरीले पक्राउ गरेको हो।

गएराति करिब १२ बजेतिर काठमाडौं महानगरपालिका– २३ ओमबहाल माथेमा चोकस्थितमा आफ्नै घरमा दाजुभाइबीच घरायसी विषयमा विवाद भएको थियो। विवादका क्रममा सुरजले धारिलो हतियार र हतौडाले दाइ सूर्यको टाउकोमा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

काठमाडौं महानगर– २५ सिघलमा लुकिछिपी हिँडिरहेको अवस्थामा सुरज शाक्यलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation