
चित्र हातबाट हैन मस्तिष्कबाट बन्ने गर्दछ।जुनसुकै कार्य हाम्रो भौतिक शरीरले गरेता पनि मस्तिष्कबाट निर्देशित हुने गर्छ ।कार्य सबैले गर्छन् तर कार्यप्रतिको लगाव के कति छ भन्ने मापन उसले त्यस कार्यमा खर्चिएको समय र त्यसबाट भैरहेको उपलब्धिमा भर पर्छ।
बाल्यकालदेखि नै चित्रकलामा रुचि राख्नुहुने सुरेश पुन अहिले व्यावसायिक तथा पेशेवरका रुपमा चित्रकला ,क्यालिग्राफी(सुलेखन)तथा विभिन्न हस्तकला सम्बन्धि कार्य गर्दै आउनु भएको छ।करिब कक्षा चार/पाँचमा पढ्दादेखी नै चित्र कोर्ने गरेको तर कोहि कसैबाट सिक्न नपाए पनि आफ्नो कलालाई निरन्तरता दिदै आएको बताउनुहुन्छ।सानैदेखि कडा मेहनती ,लगनशील ,इमान्दार र आफैमा अनुशासित एवम् धैर्यवान व्यक्तित्वले भरिपूर्ण सुरेश पुनको चित्र कलाका लागि आवश्यक गुण पनि हुन् ।
उहाँले सानैदेखि अभ्यासको रुपमा आफ्नो कोठा तथा घरका भित्ताहरुमा विभिन्न चित्र तथा महान भनाइहरु (कोटेशन ) लेख्ने गर्नुहुन्थ्यो।रातीमा निन्द्रा नपर्दा होस् या आफूलाई अन्य कामले थकान महशुस हुँदा अथवा अल्छी लागेको बेला आरामको रुपमा चित्र कोर्ने गरेको बताउनुहुन्छ।विगत सम्झिदै भन्नुहुन्छ ,”कहिलेकाहीँ कक्षामा सरले पढाउदै गर्दा र कक्षा बोरिङ भएको बेला उक्त सरकै तस्बिर कोर्थे ।”
विगत ६ बर्षदेखि दाङको तुल्सिपुरमा रहेर सुरुवातमा विभिन्न संस्थामा आवद्धरहि प्रमुख प्रशिक्षक(हस्तलेखन सुधार प्रशिक्षक )को रुपमा काम गरी अहिले भने आफ्नै द आर्ट एण्ड क्यालिग्राफी हब(आर्ट तथा सुलेखन केन्द्र )संचालन गर्दै आउनुभएको छ।यस संस्था मार्फत देशका विभिन्न विद्यालयहरुमा हस्तलेखन कार्यक्रम संचालनका साथै चित्रद्वारा छापामय गराउने कार्य गर्दै आएको बताउनुहुन्छ।हस्तलेखन कार्यक्रम गर्दा एक हप्ते प्याकेज हुने जसमा सुरुको तीन दिन अंग्रेजी अक्षर र बाँकी तीन दिन नेपाली अक्षर सिकाउने साथै शिक्षक/शिक्षिकालाई पनि यसै प्याकेजमै प्रशिक्षण गराउने बताउनुहुन्छ।
अहिलेसम्म विभिन्न जिल्लाका झण्डै २००भन्दा बढी विद्यालयहरु, ५००० भन्दा बढी विद्यार्थीहरु तथा १००० भन्दा बढि शिक्षक /शिक्षिकाहरुलाई प्रशिक्षण दिइसकेको बताउनुहुन्छ।चित्रकला र सुलेखनका पारखी सुरेश पुन आफ्नो कलामा थप निखारपन ल्याउनका लागि क्यालिग्राफी तालिमलाई अझै निरन्तरता दिइरहेको बताउनुहुन्छ। सिर्जनामा रमाउने उहाँ आफ्नो भविष्य भने यसैमा देखेको र यसैलाई नै थप निखार्दै जाने बताउनुहुन्छ। आज भोलि उहाँका दैनिकी चित्रकला, बोर्ड लेखन तथा विद्यालयमा विद्यार्थी तथा शिक्षक शिक्षिकाको व्यक्तिगत हस्तलेखन सुधार तालिममा बितिरहेको बताउनुहुन्छ।
उहाँको कार्यप्रती कुनै चासो, जानकारी वा बुझ्न चाहेमा 9843978325 मा सिधै सम्पर्क गर्न सक्नुहुनेछ।