अन्धाधुन्ध नदीमा खस्दा एक सय बढी भैँसीकाे मृत्यु- प्राणमञ्च खबर

सिंहको आक्रमणपछि बच्नलाई भागदौड गर्दा कम्तीमा १०० भन्दा बढी भैँसीको मृत्यु भएको छ।
नामिबियाको वातावरण तथा पर्यटन मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार चोबे नदी नजिकै सिंहले आक्रमण गरेपछि तर्सिएर भाग्ने क्रममा १०० भन्दा बढी भैँसीको डुबेर मृत्यु भएको हो।

मन्त्रालयका प्रवक्ता रोमियो मुयुन्डाका अनुसार सिंहले शुक्रबार बिहानै अगाडी रहेको भैँसीको एक समूहलाई आक्रमण गरेपछि सँगै रहेका अरू बथानका भैँसीहरू भाग्ने क्रममा नदीमा डुबेका  थिए।

उनले भने, ‘हामीलाई प्राप्त सूचनाअनुसार १०० भन्दा बढी भैँसी भाग्ने क्रममा डुबेका छन्।’ उनले घटनाबारे अनुसन्धान अघि बढाइएको र मरेका भैँसीको सही संख्या र अन्य सान्दर्भिक विवरणहरू पुष्टि गर्ने बताए।

चोबे नदीमा यसअघि पनि ठूलो संख्यामा भैसी डुबेर मृत्यु हुने गरेकाले यो असामान्य घटना नभएको उनले बताए।

चोबे नदी नामिवियाको चोबे राष्ट्रिय निकुञ्जको उत्तरपूर्वी सीमामा बग्छ, जुन हात्ती, जिराफ, सेबल र अफ्रिकी भैँसीको ठूलो प्रजनन झुण्डको लागि चिनिन्छ। अफ्रिकी जङ्गली भैँसी, सिंह, जिराफ तथा अन्य लोपोन्मुख जङ्गली जनावरका कारण यस निकुञ्ज दक्षिणी अफ्रिकाको एक प्रमुख पर्यटन गन्तव्य बनेको छ। थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation