भूकम्पपीडितका लागि अस्ट्रेलियाद्वारा आर्थिक सहयोगको घोषणा

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि अस्ट्रेलियाले आर्थिक सहयोग घोषणा गरेको छ।

अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वोङले भूकम्पपीडितका लागि ६ लाख अस्ट्रेलियाली डलर (करिब पाँच करोड १८ लाख रुपैयाँ) सहयोगको घोषणा गरेकी नेपालस्थित अस्ट्रेलियाली दूतावासले जनाएको छ।

अहिलेको कठिन घडीमा अस्ट्रेलिया नेपालको साथमा रहेको उल्लेख गर्दैै दूतावासले सो सहयोगले मानवीय सहायता सामग्री र पुनर्निर्माणका काममा टेवा दिने विश्वास व्यक्त गरेको छ।

‘अस्ट्रेलियाली परराष्ट्रमन्त्री पेनी वोङले पश्चिम नेपालका भूकम्पपीडित समुदायहरूको लागि ६ लाख अस्ट्रेलियाली डलर सहयोगको घोषणा गर्नुभएको छ,’ दूतावासले फेसबुकमा लेखेको छ, ‘यो सहयोगले जीवन रक्षा गर्ने सामग्रीहरू, मानवीय सहायता समाग्रीहरू र पुनर्निर्माणका कामहरूमा टेवा दिनेछ। यो कठिन घडीमा अस्ट्रेलिया नेपालको साथ छ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation