बुटवल बहुमुखीका स्ववियु सदस्यले गरे जन्मदिनमा रक्तदान !

मंसिर १३ बुधबार।
तपाईं जन्मदिन कसरी मनाउनुहुन्छ? केक काटेर, घुम्न गएर वा ठुलाठुला बार रेस्टुरेन्टमा गएर? धेरै मानिसका धेरै रहर हुन्छन र सोहीअनुसार जन्मदिन मनाउँछन।तर अखिल (क्रान्तिकारी)का विद्यार्थी नेता दिपक खत्रीले रक्तदान गरेर जन्मदिन मनाएका छन।खत्रीले बुधवार आफ्नो २४ औं जन्मदिन पारी बुटवल स्थित ब्लड बैंकमा रक्तदान गरेका हुन।अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वडा नं-९ मा बुबा तैमान खत्री र आमा एमकली खत्रीको कोखबाट जन्म लिएका उनी सानैदेखि सामाजिक काम र अरुको सेवा गर्न रुचि राख्ने उनले आफ्नो जन्मदिन अरु युवाभन्दा फरक तरिकाले मनाएका छन।खत्री बुटवल बहुमुखी क्याम्पसका स्ववियु सदस्य र क्रान्तिकारी स्ववियु काउन्सिल नेपालका केन्द्रीय सदस्य हुन भने हालै बुटवल बहुमुखी क्याम्पसबाट विज्ञान विषयमा स्नातक सकाएका छन।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation