लियोनल मेसी ‘एथ्लिट अफ द इयर’ घोषित

२० मंसिर, काठमाडौं : अर्जेन्टिना फुटबलका कप्तान तथा अमेरिकी फुटबल क्लब इन्टर मियामीका फरवार्ड कप्तान लियोनल मेसी टाइम म्यागजिनको ‘एथ्लिट अफ द इयर’ घोषित भएका छन्।

टाइम म्यागजिनले मेसीको अमेरिका आगमनपछि स्टेडियम पुग्ने समर्थकको संख्या, टिकट मूल्य, मर्चनडाइजको बिक्री र मेजर लिग सकर लिग हेर्ने दर्शकमा वृद्धि भएको जनाएको छ। मेसी गत जुलाईमा मायामीमा आबद्ध भएका थिए।

उनले सबै प्रतिस्पर्धामा गरी १४ खेलमा ११ गोल गरेका छन्। मेसीको उत्कृष्ट प्रदर्शनको सहयोगमा मायामीले लिग कपको उपाधि जितेको थियो। मायामीको इतिहासमै यो पहिलो ठूलो उपाधि हो। मेसीले मायामीसँग सम्झौता गरेर असम्भवलाई सम्भव बनाएको भन्दै अमेरिकालाई फुटबलमा परिणत गरेको टाइमले उल्लेख गरेको छ।

मेसीसँगै जिम्न्यास्ट सिमोन बाइल्स, पौडीका माइकल फेल्प्स र एनबीए सुपर स्टार लेबरोन जेम्सले यो अवार्ड जितेका हुन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation