सहकारीमा ठगी गर्ने प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ

ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले बुधवार पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा सेवारत हुँदा सहकारीको रकम ठगी प्रकरणमा मुछिएका थिए।

 

सहकारी रजिस्ट्रार रहेका वेला निजले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घुस लिएको आरोप थियो।

कास्की प्रहरीको अनुरोधमा पर्वत प्रहरीले निजलाई पक्राउ गरेर कास्की पठाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए। तत्कालीन रजिस्ट्रार पराजुलीलाई रु. एक करोड पाँच लाख घुस लिएको आरोप लागेको छ। रासस

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation