स्वर्गद्वारीमा शाइन रेसुङ्गाको वित्तीय साक्षरता कार्यक्रम

पुष १३ प्यूठान।स्वर्गद्वारी बहुमुखी क्याम्पसमा शाइन रेसुङ्गाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
साईन रेसुङ्गा बैंक बिजुवार शाखाको मुख्य आयोजनामा भएको साक्षरता कार्यक्रममा ६० जना बढी विद्यार्थीको उपस्थिति रहेको थियो।
सोहि कार्यक्रममा वित्तीय जानकारी,डिजिटल प्रोडक्टहरुका विषयमा जानकारी एवं बैकिंक ह्याकिङका विषयवस्तुहरुमा सचेतना गराईएको विजुवार शाखाका व्यवस्थापक योगेन्द्र विस्टले बताउनुभयो।
शाइन रेसुङ्गाले जनताहरुमा बैंकिङ क्षेत्रको वित्तीय ज्ञान र देखिन सक्ने समस्याको बारेमा सुसूचित गर्दै आईरहेको छ।यस्ता कार्यक्रम हरु वडा कार्यालय र क्याम्पसहरुमा गर्दै आईरहेका छन।
व्यवस्थापक विस्टले भन्नुभयो;”विद्यार्थीहरुका विचमा यी यस्ता कार्यक्रम गर्दा उनिहरुका अभिभावकहरु समेत वित्तीय क्षेत्रमा साक्षर हुन्छन।”

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation