कालिकाको खेल सप्ताह शुरु !

प्यूठान १३ पुष।कालिका आवासिय माध्यमिक विद्यालयको यस वर्षको खेल सप्ताह शुरु भएको छ।शुक्रबारदेखि प्यूठान नगरपालिका वडा-४ टारीमा रहेको कालिका आवासिय माध्यमिक विद्यालयको खेल सप्ताह गणतान्त्रिक खेल मैदान विजुवारमा आज शुक्रबारदेखि शुरु भएको छ।
विद्यालयका नर्सरी देखि कक्षा १० सम्मका ९ सय ७५ बढी विद्यार्थीको उपस्थितिमा आज खेल सप्ताहको उद्घाटन गरिएको विद्यालयका प्रधानाध्यापक दुर्ग बहादुर गुरुङले बताए।

वार्षिक कार्यक्रम अन्तर्गत समावेश भएको सोही कार्यक्रम यस वर्ष पनि शुरु भएको र यो सप्ताह ३ दिन चल्ने छ।
सप्ताहमा विभिन्न विधाका खेलहरु खेलाईने भएको छ।छात्र तर्फ फूटवल,क्रीकेट,कबड्डी रहेका छ्न भने छात्रातर्फ खोखो,कबड्डी र घैटोफोर जस्ता खेलहरु रहेका छन्।त्यस्तै एथलेटिक्स खेलमा रिले दौड,लङ जम्प,हाई जम्प,सट पट लगायत रनिङ शिल्ड प्रतियोगितामा खेलाईने प्राय खेलहरु रहेको खेल प्रशिक्षक प्रमोद केसीले बताए।
खेलमा विद्यार्थीहरुविच सदन बनाई अन्तर सदनात्मक खेल खेलाईने भएको छ्।प्रत्येक सदनको आआफ्नै झन्डा रहेका छन्।

प्रतिस्पर्धाबाट विजयी हुने टिमलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ।किताबका सिकाईलाई सैद्धान्तिक सिकाईमा बदली बालबालिका र विद्यार्थीमा खेल प्रतिको प्रतिभा प्रस्फुटन,स्वास्थ्य स्वस्थ रहने र कोर्सअनुसार सिकाई रहने मुख्य उद्देश्यका साथ कार्यक्रम गरिएको प्रधानाध्यापक गुरुङले बताए।आज शुक्रबारदेखि शुरु भएको खेल सप्ताह आईतवार सम्म चल्नेछ।

फोटोहरु हेर्नुहोस:

तस्वीर:केशर सुनार,विजुवार

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation