एपिएफले जित्यो पिएम कप महिला क्रिकेटको उपाधि‚ ज्योति पाण्डेले गरिन संन्यास लिनेे घोषणा

जितका लागि एपिएफले दिएको ११५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०३ रनमात्र बनाउन सक्यो र उपविजेतामै चित्त बुझाउनु पर्‍यो।

कोशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ६२ रन तथा काजल श्रेष्ठले २२ रन बनाए पनि अन्य खेलाडी दोहोरो अंकमा रन बनाउन नसक्दा टोलीले उपाधि जित्न सकेन।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारत २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो। एपिएफका लागि इन्दु बर्माले ५३ रन, ज्योती पाण्डेले २७ रन र रोमा थापाले १४ रन जोडे।

उपाधि जितेसँगै नेपाली क्रिकेट टोलीकी ओपनर रहेकी एपिएफकी खेलाडी ज्योति पाण्डेले खेलबाट सन्न्यास लिएकी छन्। सन् २०१६ मा थाइल्यान्डमा भएको एसिसी वुमन्स एशिया कपमा पाकिस्तानविरुद्ध सिनियर टोलीबाट डेब्यू गरेकी ज्योतिले राष्ट्रिय र घरेलु दुवै क्रिकेट नखेल्ने घोषणा गरेकी हुन्।

उपाधिसँगै विजेता एपिएफले नगद ५ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता कोशीले नगद ३ लाख रुपैयाँमा चित्त बुझाएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक महिला क्रिकेटको राउन्ड रोबिन लिगका आधारमा प्रतियोगिता सञ्चालन गरेको हो। मूलपानी र कीर्तिपुरमा पुस ५ गतेदेखि शुरु भएको प्रतियोगितामा एपिएफ र ७ प्रदेश गरी ८ टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation