बहराईन गएका प्यूठान गौमुखीका परियार २ वर्षदेखी सम्पर्कविहीन

पुष २३,प्यूठानवैदेशिक रोजगारीका लागि बहराइन गएका प्यूठानका एक पुरुष २ वर्षदेखि सम्पर्कविहीन भएका छन्।प्यूठानको गौमुखी गाउँपालिका वडा नं-६ लिवाङका ३१ वर्षीय बेगम परियार(सिताराम ) गत कार्तिक २६ गतेदेखि सम्पर्कबिहीन भएको उनकि श्रीमती श्यामकुमारी परियारले बताएकी छन्।उनले आफ्नो श्रीमान २०७६ साल माघ ९ गते विदेशिएको र २०७८ कार्तिक २६ गतेदेखि पछिल्लो २ वर्षसम्म सम्पर्कमा आउन नसकेको बताईन।

सम्पर्कविहीन भएको २ वर्षसम्म पनि श्रीमान सम्पर्कमा नआएपछी श्रीमती श्यामकुमारीले सामाजिक अभियान्ता एवं सम्बन्धित व्यक्तिहरुलाई जानकारी गराएकि छन्।श्रीमान सम्पर्कमा नआएको केही दिनपछी एजेन्ट सँग खोजिदिन आग्रह गर्दा एजेन्टले  शुरुमा सक्ने प्रयास गर्छु भन्दै टारेको २ वर्ष पुगेको बताईन।

सम्पर्कविहीन भएका परियारका भाइ भरत परियारले दाईले २०७८ सालको तिहारको दिन धरम दिदी बहिनी मानी टीका लगाउनुभएको फोटा फेसबुकमा राखेको र त्यसको ६ दिनपछी सम्पर्कविहीन भएको बताए।साथै परियारले आफ्नो दाईलाई खोजीकार्य गरिदिनका निम्ति सम्बन्धित संघ संस्था एवं दूतावासलाई खोजिकार्य गरिदिन अनुरोध गरेका छन्।

श्रीमानको पर्खाइमा बस्दा बस्दा २ वर्ष बितिसकेको छ।श्रीमती परियारका अनुसार उनको घरपरिवारमा १ छोरा र १ छोरी रहेका छन्।कमाएर घरव्यवहार चलाउने श्रीमान २ वर्षदेखी सम्पर्कविहीन भएपछि घरमा आर्थिक व्यवहारले च्यापेको छ कति दिन रुदै हिन्नुपरेको छ। ‘ आर्थिक स्रोतको बाटो नै श्रीमानले कमाएर पठाएको पैसा थियो ‘ उनले भनिन ।’श्रीमान सम्पर्कविहीन भएपछी घरको आर्थिक अवस्था निकै नाजुक भएको छ मलाई एक्लै छोराछोरी पढाउन पनि धौधौ भैरहेको छ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation