क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले प्रधानाध्यापकलाई दल्यो कालोमोसो

२८ माघ, अर्घाखाँची

वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ८ मा अवस्थित बालशिक्षा माबी का प्रधानाध्यापक राजेन्द्र पन्थीलाई विभिन्न आरोप लागाइ कालो मोसो दलि जनकारबाही गरेको छ।

कालोमोसो दल्ने क्रममा पाटी का जिल्ला इन्चार्ज हुकुम खड्का र सह संयोजक नरेश्वर पाण्डे गिरफ्तार गरिएको पाटिका नेता नबिन खड्का ले जानकारी दिएका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीका अनुसार बालशिक्षा मावि प्राध्यापकले जाँड रक्सी खाएर विद्यालय जाने र बालबालिका लाई दुर्व्यवहार गरेको, दिवा खाजाको रकम हिनामिना गरेको, अनावश्यक रूपमा शिक्षक नियुक्ति गरी घुस खाएको, एकजना महिलालाई विगतमा हातपात गरेको र आन्तरिक रूपमा रकम दिएर जनप्रतिनिधिको रोबरमा गुपचुप गरि मिलाएको । पछि एकजना स्थानीय महिलालाई दुर्व्यवहार गरी ५० हजारमा मुद्दा मिलाएको ।

त्यस्तै विद्यार्थीबाट अनावश्यक शुल्क असुल गरेको र विद्यालयमा राजनीति गतिविधि गरि विद्यालयको भवन निर्माण गर्दा कमसल काम गराइ कमिसन खाएकोले। वडामा आएको बजेटमा भष्ट्रचार गर्ने भुमिका खेलेकोले।
उनलाई आज विद्यालय जाने क्रममा बाटोमा मोटरसाइल रोकाएर कालो मोसो दलेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले जानकारी दिइ विज्ञप्ति जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation