एसीसी महिला प्रिमियर कप : आज नेपाल र कुवेत भिड्दै

२ फागुन,काठमाडौं

एसीसी महिला प्रिमियर कपमा नेपालले आज कुवेतसँग खेल्दैछ।  खेल बिहान सवा ११ बजे मलेसियाको बाङ्गीमा हुनेछ,

नेपाल समूह डीको विजेता हो भने कुवेत समूह एको उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो।  नेपालले समूह चरणमा भुटान र हङकङलाई ८ ८ विकेटले हरायो भने माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको थियो।

थाइल्यान्डसँग मात्र पराजित भएको कुवेतले पहिलो खेलमा सिंगापुरलाई १० विकेटले पराजित गरेको थियो।  म्यानमारलाई २७ रनले पराजित गर्यो।

पछिल्ला चार भेटमा नेपालले कुवेतलाई हराएको छ। एउटा खेलमा नेपालले नौ विकेटको जित दर्ता गरेको थियो।

आजको खेल जिते नेपालले मलेसिया र जापानको विजेतासँग खेल्नेछ।

प्रिमियर कपका बलिया प्रतिद्वन्द्वी यूएई र थाइल्यान्ड अर्को पोलमा रहेका कारण नेपाल तुलनात्मक रुपमा सजिलो पोलमा छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation